२०७८ मंसिर ६, सोमबार ०७:३९

जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नेता तथा कार्यकर्तालाई शासक होईन सेवक बनेर जनताको सेवा गर्न निर्देशन दिएका छन् ।

नेपाली काँग्रेस महाधिवेशन अन्तर्गत आईतबार जनकपुरधाम उप–महानगरपालिकाको नगर अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै निधिले आउँदो निर्वाचनमा राम्रो नतीजाको लागि कांग्रेसका नेता तथा कार्यकर्ताले शासक नभइ सेवकको रुपमा जनताको काम गर्नुपर्ने बताए । उपसभापति निधीले मुलुकको हरेक ऐतिहासिक परिर्वतनमा कांग्रेसको भूमिका महत्वपूर्ण योगदान रहेको बताए । कांग्रेसको अगुवाइमा मुलुकमा संघीयता ,गणतन्त्र,समावेशिता,धर्मनिरपेक्षता सहितको संविधान जारी भएको बताउंदै नेता निधीले यसलाई संस्थागत गर्न कांग्रेसलाई बलियो बनाउनु अहिलेको आवश्यकता औंल्याए । नेपालकै सबभन्दा पुरा लोकतान्त्रिक पार्टी काँग्रेस नै मुलुकलाई सहि दिसामा डो¥याउन सक्ने क्षमता राखेको उनले दाबी गरे । अहिले भईरहेको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचनमा सहमतिमा नेतृत्व छनौट गर्नुपर्नेमा नेता निधीले जोड दिए । कार्यक्रममा प्रदेश २ का भौतिक पुर्वाधार मन्त्री रामसरोज यादवले महाधिवेशन पार्टीको महापर्व रहेको भन्दै यसलाई सफल बनाउन हामी सबैको साझा दायित्व रहेको बताए । पार्टीको महाधिवेशनले कार्यकर्तामा उर्जा थप्नुको साथै पार्टीको सही दिशामा अगाडि बढाउन सहयोग पुग्ने उनको भनाई थियो । कार्यक्रममा कांग्रेसका जनकपुरधाम उप–महानगरपालिका नगर सभापति मनोज साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य स्मृतिनारायण चौधरी, काँग्रेस नेतृ मिनाक्षी झा लागयतकाले आ–आप्mनो धारणा व्यक्त गरेका थिए ।

नगर सभापतिमा साह निर्विरोध

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाको नेपाली कांग्रेसको नगर सभापतिमा मनोज साह निर्विरोध चयन भएका छन । नेकांको जारी १४औँ महाधिवेशन अन्तर्गत आइतबार स्थानीय गोपालधर्मशालाको प्रागंणमा सम्पन्न अधिवेशनबाट साहलाई सभापतिमा सर्वसम्मतले निर्विरोध चयन गरिएको हो । सोमबार असहमति रहेका अन्य पदहरुमा सोमबार निर्वाचन हुने भएको जिल्ला निर्वाचन समितीले जनाएको छ । उप–सभापतिमा राकेशविक्रम साह, पंकज कुमार महतो, विक्रम यादव, दिनेश यादव र नरेश यादव लगायत पाँच जनाले उम्मेदवारी दिने बुझिएको छ ।

Comment


Related News

Latest News

Trending News