२०७८ मंसिर ७, मंगलवार ०७:०८

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

प्रेस युनियन धनुषाद्वारा सोमबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा नेता यादवले आसन्न अधिवेशनमा प्रदेश २ को सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । प्रदेश पार्टी कार्यालयको भवन निर्माण तथा संगठन सुदृढिकरणको लक्ष्य लिएर आफु प्रदेश सभापतिमा उम्मेदवारी दिन लागेको उनले दावी गरे । ४५ वर्ष देखि निरन्तर रुपमा आफु पार्टीमा सक्रिय रहेको जनाउँदै उनले भने,‘६ पटकगरि साढे ३ वा ४ वर्ष जेल जीवन बिताएको छु । जतिबेला २ जनालाई पार्टीको सदस्य बनाउनु भन्दा माउण्टएभरेष्ट चढ्न सजिलो मानिन्थ्यो सो बेलामा समेत संघर्ष गरी पार्टी प्रति बफादार भइ काम आएको उनले दावी गरे । पाटीको सुदृढिकणमा जीवन उत्सर्ग गरेको दाबी गर्दै उनले प्रदेशमा जितेपछि पार्टीलाई प्रदेशमै अब्बल बनाउने दाबी समेत गरे । धनुषा जिल्लामा विगतमा पार्टीका नेतृत्वहरु बीच देखिएको विवादबारे खुल्न नचाहेका यादवले आफ्नो उम्मेदवारीप्रति कांग्रेस उपसभापति विमलेन्द्र निधिको पूर्ण समर्थन रहेको दावी गरे । धनुषाका सबै पक्षका नेताहरुको पूर्ण समर्थन रहेको दावीगर्दै प्रदेश सभापतिको उम्मेदवारी घोषणा गरेका यादवको पत्रकार सम्मेलनमा अन्य नेताहरु अनुपस्थित थिए ।यादव हाल सभापति समेत रहेका प्रधानमन्त्रि शेरबहादुर देउवा नजिक पुगेका छन् । नेता निधि जनकपुरधाममा रहेपनि यादवको उम्मेदवारी घोषणा कार्यक्रममा उपस्थित भएनन् ।

यादवले निधि आफ् नो पक्षमा रहेको दावी गरेपनि दुवैबीचको सम्बन्ध मधुर छैन् । स्रोतका अनुसार निधि र यादवबीच विवाद चलिरहेको छ । मन्त्रि यादवका निकट सहयोगी जीवनाथ चौधरीले प्रदेशमा सबै समुहको मत आउने भएकाले उम्मेदवारी घोषणामा कुनैपनि पक्षलाई नराखिएको बताए । प्रदेश २ को प्रायः आठवटै जिल्लाबाट प्रदेश सभापतिमा उम्मेदवारी हुने बलियो संभावना छ ।प्रदेश सभापतिका लागि रौतहटबाट कृष्णा यादव, महोत्तरीबाट महेन्द्र कुमार राय, सप्तरीबाट दिनेश यादवपनि दौडमा छन् ।

Comment


Related News

Latest News

Trending News