जनकपुरधाम । जनकपुरधाम उप– महानगरपालिकाका केहि वडाध्यक्षहरु सरसफाई कर्मचारीलाई दुव्र्यवहार गरि आफै कार्यालयमा तालावन्दी गरेका छन् ।
सोमवार उप–महानगरपालिकाका वडा ३, ४ र ७ का वडाध्यक्षहरु सरसफाई कर्मचारीलाई दुव्र्यवहार गरि आफै नगरपालिकाको कार्यालयमा आएर तालावन्दी गरेका छन् । उप–महानगरपालिकाको वडा ४ मा मरेको गाईलाई किन गाडेको भन्दै वडाध्यक्ष सुदर्शन सिंह र वडासदस्य पंकज मण्डलले सरसफाई कर्मचारीलाई दुव्र्यवहार गरेपछि कर्मचारीहरु उनीहरु विरुद्ध आन्दोलन गर्ने तयारीमा रहेको जानकारी पाएपछि वडाध्यक्षहरु सोमवार कार्यालयमा कर्मचारी विरुद्ध आन्दोलनमा आन्दोलन गर्दै मेयरको कार्यकक्षमा तालावन्दी गरेका छन् । वडा ४ का वडाध्यक्ष सुदर्शन सिंह, वडा ३ का वडाध्यक्ष दीपेन्द्र साह र वडा ७ का वडाध्यक्ष जानकी राम साह मेयर लाल किशोर साह विरुद्ध आन्दोलनको निहु खोजि रहेको सरसफाई कर्मचारीहरुले आरोप लगाएका छन् । उनीहरुले जानकी राम साहको शैली एउटा जनप्रतिनिधिको नभई गुण्डा शैली अपनाउनु दुःखद र निन्दनीय रहेको उनीहरुको भनाई छ । मेयर देखि वडासदस्य सम्म नीति नियम तथा योजना बनाउने व्यक्ति हो तर, नीति नियम बनाउनुको साटो कर्मचारी संग दुव्र्यवहार गर्नुको हामीलाई प्रतिकारमा उत्रनु बाध्य बनाउन लागेको उनीहरुले बताए । आफ्नो गल्ती ढाकछोप गर्न वडाध्यक्षहरुले एकातिर कर्मचारी संग दुव्र्यवहार गर्नु अर्कोतिर कार्यालयमा आएर तालावन्दी गर्नु आफुलाई चोखो सावित गर्नकोलागि भएको कर्मचारीहरु बताउँछन् ।
तीनै वडाध्यक्ष विगत देखिनै आफुलाई चोखो सावित गर्नकालागि उप– महानगरपालिका विरुद्धमा झुटा कुराहरु गरेका छन् तर उनीहरु सफल हुन नसकेको उनीहरुको भनाई छ । सरसफाई कर्मचारीहरुले कोभिडको बेलामा आफ्नो स्वास्थ्यको ख्याल गरि सरसफाईमा लागि रहे तर, वडाध्यक्षहरु आफ्नो स्वार्थकोलागि हामीहरुलाई पनि नछाडेको भन्दै दुःख व्यक्त गरेका छन् । पानी पर्ने बेलामा वडाध्यक्षहरु आएर फोटो खिचाएर जाने गरेका छन् तर आफुहरुले उप–महानगरपालिकाको मर्यादा बचाउन जनकपुरधामको पानी निकास देखि लिएर यहाँको सरसफाई सम्म उचित समयमा गर्ने गरेको उनीहरुको भनाई थियो । फोहर थुपार्ने ठाउँ छैन् तर हामीहरु आफ्नो जिउ ज्यानको ख्याल नगरि दिन रात जनकपुरधामको सरसफाई गर्नमा पछि नपरेको उनीहरुले बताए ।चार्डवर्कको बेला वडाध्यक्षहरु आफ्नो घरमा तथा जनता समक्ष सस्तो लोकप्रियता कमाउन व्यस्त भएको बेलापनि आफुहरु राति–राति जनकपुरधामको सरसफाईमा लागेका हुन्छौ उनीहरुले बताए । वडाध्यक्षहरुको उदण्डताको विरुद्धमा हामीहरु कडाआन्दोलनमा जाने समेत उनीहरुले चेतावनी दिएका छन् ।


