नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले न्यायपालिकाको समस्यालाई छिटो भन्दा छिटो समाधान गर्न आवश्यक रहेको बताएका छन् ।
मंगलबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले न्यायपाालिकाभित्र देखिएको द्वन्दको समाधान छलफल गरेर आपसमा समझदारी गरी समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए । सम्बन्धित पक्षहरुबाट चाँडै कुराकानी हुने र प्रधानमन्त्री देउवालाई समेत यस बिषयमा पहल गर्न आग्रह गरिसकेको अध्यक्ष नेपालले बताए ।
त्यस्तै, अध्यक्ष नेपालले गठबन्धन सरकारले राजनीतिक नियूक्तिको काममा ढिलाई गरिरहेको बताए । उनले विभिन्न पार्टीहरुको आ–आफ्नो कामको व्यस्तताले गर्दा सरकारको कामकाजमा पनि प्रभाव परिरहेको स्वीकार गरे ।अध्यक्ष नेपालले राज्यसँग जोडिएका कामहरुलाई सरकारले छिटो भन्दा छिटो गर्नुपर्नेतर्फ ध्यान पुर्याउन आवश्यक रहेको धारणा राखे । राष्ट्रियसभामा गठबन्धनका सबैले साझा उम्मेदवार तय गरेर अगाडि बढ्ने र उपनिर्वाचनमा पनि पाँच दलिय गठबन्धन मिलेरै अगाढि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


