जनकपुरधाम । जनकपरधाम उप–महानगरपालिका–४ का वडाध्यक्ष सुदर्शन सिंह लगायतका जनप्रतिनिधिले कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै नेपाल नगरपालिका ईकाइ समिति जनकपुरधामले विरोध प्रदर्शन सहित सिडिओलाई ज्ञापन पत्र बुझाएको छ ।
समितिले मंगलबार जनकपुरधाममा विरोध प्रदर्शन गर्दै सुरक्षाको प्रत्याभूतिको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाएको छ । गत आइतबार सरसफाईको विषयलाई लिएर जउनपा–४ का वडासदस्य पंकज मण्डलले स्काइभेटर चालक लक्ष्मेश्वर चौधरी तथा सफाइ इन्चार्ज श्याम ठाकुर लगायतकालाई गाली गलौज गरी दुव्र्यवहार गरेको कर्मचारीहरुको आरोप छ । त्यसैगरी सोमबार वडाध्यक्ष सिंहले कार्यालय परिसर भित्रै सफाइ शाखाका कर्मचारीहरुसंग अभद्र व्यवहार गरेको समितिद्वारा दिइएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापन पत्र बुभ्mदै प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले यस विषयमा मेयर लालकिशोर साह लगायतका संग छलफल गरेर निर्णय गरिने आश्वासन दिएका छन् । उनले विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै आन्दोलनको कार्यक्रम नगर्न सुझाव दिए । यता इकाइ समिति जनकपुरधामले वडा कार्यालयहरु सहित पालिकाको सम्पूर्ण कामकाज ठप्प गर्ने निर्णय गरेको छ । आन्दोलित कर्मचारीहरुले जारी गरेको प्रेस विज्ञप्तिमा बुधबार कामकाज ठप्प पार्ने निर्णय गरिएको जनाइएको छ ।
https://www.youtube.com/watch?v=uHe58s1KjgA&t=11s


