२०७८ मंसिर ८, बुधबार ०७:१५
जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा सहमति नहुँदा भएको निर्वाचनबाट तेजीलाल यादव सभापतिमा निर्वाचित भएका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहेका पूर्वमन्त्री रामकृष्ण यादवको सहयोगमा उनी सभापतिमा निर्वाचित भएका हुन् । पौडेल निकट नै रहेका पूर्व साँसद दिनेश प्रसैलाले सहयोग गरेको पुष्कर कुमार देव भने सभापतिमा पराजित भएका छन् । यस्तै उपसभापतिमा शैलेन्द्र कुमार चोरबार र अमरेन्द्र यादव, सचिवमा पवन कुमार यादव र शिव नारायण मण्डल, सहसचिवमा घुरन मण्डल र दिपेन्द्र चौधरी निर्वाचित भएका छन् ।
https://www.youtube.com/watch?v=uHe58s1KjgA&t=11s


