अपडेट 
२०७८ मंसिर ९, बिहीबार ०६:५५

सर्लाही । नेपाली काँग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा चार दिन सम्म चलेको वार्तापछि नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन सम्बन्धी विवाद समाधान भएको छ ।

केन्द्रले जिल्लाका दुबै समूहलाई सहमतिमा ल्याएपछि विवाद समाधान भएको हो । केन्द्रले सर्लाहीमा कांग्रेसको अधिवेशन गराउन नयाँ निर्वाचन अधिकृतमा भरत राउतलाई खटाएको पार्टीले जनाएकोछ । सर्लाहीमा मुख्यगरी वडा स्तरमा खटिने मतदान अधिकृतको विषयमा विवाद भएकाले कांग्रेसको अधिवेशन नै शुरु हुन सकेको थिएन । अहिले भने केन्द्रीय निर्वाचन समितिले क्षेत्र नं १ का लाई क्षेत्र नं ३ तथा क्षेत्र नं ३ का लाई क्षेत्र नम्बर १, क्षेत्र नं २ क लाई क्षेत्र नं ४ र क्षेत्र नं ४ क लाई क्षेत्र नं २ मा खटाएको छ । कुन मतदान अधिकृतलाई कुन वडामा खटाइएको छ भन्ने कुरा अहिले गोप्य नै राखिएकोछ । वडा स्तरमा मतदान गराउन कांग्रेस निकटकै शिक्षकहरुलाई मतदान अधिकृतको रुपमा खटाइने भएकोछ । निर्वाचन समितिले मतदान अधिकृत खटाएसँगै अब कांग्रेसको वडा अधिवेशन मंसिर ९ अथवा १० गते हुने जिल्ला सभापति नागेन्द्र कुमार रायले जानकारी दिए । नयाँ निर्वाचन अधिकृत राउत मतदान अधिकृतहरुलाई आवश्यक प्रशिक्षण र कागजात दिनासाथ अधिवेशन प्रक्रिया अघि बढ्ने बताइएकोछ ।

यसअघि जिल्ला सभापति राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय समूहबीचको विवादले अधिवेशन गराउने वातावरण नभएको भन्दै दुई पटक खटाइएका निर्वाचन अधिकृतले राजिनामा दिइ फर्किएका थिए । दोस्रो पटक खटाइएका निर्वाचन अधिकृत दीवाकरराज पाण्डेमाथि सदरमुकाम मलंगवामा कांग्रेसको एक समूहले हातपात नै गरेको थियो । त्यसपछि विवाद झनै बल्झिएको थियो ।

Comment


Related News