२०७८ मंसिर ९, बिहीबार १३:३५

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो। बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार २०० मा आइपुगेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Comment

Related News

Latest News

Trending News