अपडेट 
२०७८ मंसिर ९, बिहीबार १८:३७

नेपालमा विहिबार थप तीन सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आठ हजार नौ सय नौ जनाको नमुना परीक्षण गर्दा तीन सय आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणकै कारण थप दुई जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यासंगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय १६ पुगेको छ । नेपालमा अहिले सात हजार तीन सय ४९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ८१ लाख नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म ८१ लाख ५३ हजार सात सय ३४ जनाले पूर्ण मात्रा र ९३ लाख ६७ हजार सात सय ८९ जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।

Comment


Related News

Latest News

Trending News