२०७८ मंसिर ११, शनिबार ०७:०९

नारायणघाट । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन नारायणी नदीको तिरमा शुक्रवार सम्पन्न भएको छ ।उद्घाटन सत्र समापनसँगै नेताहरु बन्द सत्रका लागि सौराहा पुगेका छन् ।

बन्द सत्र र चुनावी कार्यक्रम सौराहामा नै हुनेछ । सौराहामा शनिवारबाट बन्दसत्र सुरु हुनेछ ।बन्दसत्रको प्रारम्भ अगावै महाधिवेशन स्थलमा नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ ।ओली विरोधी खेमाका नेताहरुका अतिरिक्त ओली खेमामा नै दुई गुट देखिएकाले समायोजन गर्न चुनौती बन्न सक्नेछ । पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्माले प्रविधिको प्रयोगगर्दै महाधिवेशन उद्घाटन गरे ।उनले रिमोटबाट झण्डोत्तोलनगरी महाधिवेशनको उद्घाटन गरेपछि आमन्त्रित विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गरे । उद्घाटन समारोहमा सहभागी भएका प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवाद र सहकार्यबाट अगाडि बढन आह्वान गरे ।उनले ओलीलाई आफ्नो ‘जेलमेट’ भएको सम्झदै अप्ठ्यारा दिनमा साथ मिलेर जान आग्रह गरे । ‘देश र जनतासँग जोडिएका मूल मुद्दामा दलहरुबीच संवाद सहकार्य आवश्यक छ’ देउवाले भने, ‘हामीबीच रहेका नीतिगत विमतिलाई संविधानले निर्धारण गरेको विधिमार्फत टुंगो लगाउने र त्यसलाई सबैले स्वीकार गर्नुपर्दछ ।’ प्रधानमन्त्री देउवाले मुलुकमा देखिएका सबै समस्याको संवाद, छलफल र संविधानमार्फत समाधान निकाल्ने आफ्नो चाहना भएको बताए । प्रधानमन्त्री देउवाले संवाद र सहकार्यमा जोड दिएपनि अध्यक्ष ओलीले घोँचपेँचलाई जारी राखे । देउवा सरकारलाई लक्षित गर्दै आफूले चुनाव घोषणा गरे पनि अन्य दलहरूले सर्वोच्च अदालतमा हालेको रिट निवेदन माथि अदालतले परमादेश दिएको बताए ।

परमादेशको बाटो नजाऊँ बरु जनादेशमा जाऊँ भने पनि त्यसलाई रोकिएकोमा उनले दुख व्यक्त गरे । सत्ता गठबन्धनका दलका नेताहरुलाई लक्षितगर्दै ओलीले भने, ‘आफूलाई अप्ठेरो पार्नेहरूले नै आज प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समातेर काम गर्न दिइरहेको छैन् ।’ उद्घाटन सत्रमा सहभागी विदेशी नेताहरुलाई सम्बोधन गर्ने समय दिइएन् ।उनीहरुले बन्द सत्रमा शुभकामना व्यक्त गर्ने एमाले प्रचार विभागले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उद्घाटन सत्रमा सहभागी नभएपनि उनको प्रतिनिधिको रुपमा सहभागी लीलामणि पोखरेलले कम्युनिष्ट पार्टीहरुबीच एकता हुनु अनिवार्य रहेको बताए ।एमाले र माओवादी केन्द्रको एकीकरण भंग भएको कारण उल्लेख नगरेपनि वामशक्तिहरु एकजुट हुनु आजको आवश्यकता रहेको पोखरेलले बताए । लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)का अध्यक्ष महन्थ ठाकुरले ओलीको मुक्तकण्ठले प्रशंसा गरे ।तर जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले संघीयता, समावेशीलाई ओझेलमा पार्ने काम भएको उल्लेख गरे । एमालेको महाधिवेशनमा भारतबाट सत्तारुढ दल भारतीय जनता पार्टी लगायत कम्युनिष्ट पार्टीका प्रतिनिधिहरु सहभागी भएपनि चीनबाट शुभकामना सन्देश मात्र आएको छ ।

नेपालमा हुने राजनीतिक दलहरुको महाधिवेशनमा प्रायःचिनियाँ प्रतिनिधिहरुको सहभागिता रहने गरेको थियो ।

Comment


Related News

Latest News

Trending News