२०७८ मंसिर ११, शनिबार ०७:२९

जनकपुरधाम । जनगाणनामा छुटेकाहरुलाई तथ्यांक कार्यालय जनकपुरले वैकल्पिक माध्यमबाट गणनामा सहभागी गराएका छन् । कार्यालयद्वारा गणनामा सहभागी हुन नसकेकाले कार्यालयमा सम्पर्क गर्दा कार्यालयमै बोलाएर, कार्यालयमा आउन नसक्नेको घरमै पुनः पुगेर तथा घरमा समेत समय दिन नसक्नेलाई मोवाइल फोनबाट गणनामा सहभागी गराउने गणना कार्य भई रहेको छ ।

फेसबुक सहित अन्य सामाजिक सञ्जाल र फोनबाट उजुरी गरेकाहरुलाई सम्पर्क गरी जनगणनामा सहभागी गराइएको तथ्यांक कार्यालय जनकपुरधाम धनुषाका प्रमुख जनगणना अधिकारी विमलकुमार यादवले बताए । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४, १३, २ र ४ मा गणना नभएकाहरु कार्यालयमै आएर जनगाणनामा सहभागिता जनाएका छन, प्रमुख यादवले भने,‘जनगाणनाको क्रममा छुटेका, घरमा कोही नभेटिएका र दुई स्थानमा बसोबास गर्नेहरु गणनामा छुटेको पाइएको छ ।’ जनगणना गर्ने गणकको काम गर्ने म्याद समाप्त भएपनि छुटेको घरलाई जनगणनामा समावेश गर्न सुपरीवेक्षक र गणकलाई परिचालन गरिएको छ, उनले भने । घरमा गणक पुगेर गणना गरेर फर्किदा पनि कतिपयले गणक घरमा नआएको भन्दै गुनासो गरेको यादवले बताए । गुनासो आएपछि तथ्यांक रुजु गर्दा गुनासो गर्नेको घरमा गणकले गणना गरेको पाइएको छ । घरमा पुरुष वा घरमुलि नभएको बेला महिला वा उपस्थित भएकै व्यक्तिलाई उतरदाता बनाएर गणना गरिएको छ । दिनभरी घर बाहिर बस्नेहरु गणक घरमा नआएको गुनासो गर्ने गरेको पाइएको यादव बताउँछन् । जनकपुरधामका सरोज रायले फेसबुकमा घरमा गणक नआएको स्टाट्स लेख्दा तथ्यांक कार्यालयका कर्मचारी तत्कालै फोन सम्पर्क गरी रुजु गरेका थिए । तथ्यांक रुजु गर्दा उनको घरमा गणकले जनगणना गरेको पाइएको हो । रायको घरमा पुगेका गणकले उतरदातामा रायको आमालाई समावेश गराएका छन् । घरको सबै सदस्यको नाम र विवरण राखेर उतरदातामा उपस्थित भएका सदस्यको नाम राख्ने व्यवस्था छ ।

धान काटने र गेहु लगायत अन्य बाली लगाउने हिउदको समयमा जनगणना हुँदा प्रदेश २ का जिल्लाहरुमा तोकिएको समयमा घरमा पुगेका गणकले घरमुली र अन्य सदस्य फेला पार्न समस्या भएको तथ्यांक कार्यालयले जनाएको छ । जनगणना सकिएपछि तथ्यांक कार्यालयमा आउने गुनासो र गणना नभएको स्थानमा वैकल्पिक माध्यमबाट गणना भइरहेको छ । टुडे समाचारदाता महोत्तरी । महोत्तरी जिल्लामा वाइफाइ चलाउन भ¥यांग चढेको एक विद्यार्थीको लडेर मृत्यु भएको छ । रामगोपालपुर नगरपालिका– १ स्थित बसबिट्टी माध्यमिक विद्यालयमा अध्ययरत एक छात्रको भ¥यांगबाट लडेर मृत्यु भएको हो । मृत्यु हुनेमा बलवा नगरपालिका–१का १८ वर्षीय सन्दीप महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । विद्यालयको भ¥यांगमाथि मोबाइलमा वाइफाइ चलाउन चढेका उनी लडेर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । लडेर गम्भीर घाइते भएका महतोलाई उपचारको लागि जनकपुरधाम स्थित काव्या अस्पतालमा ल्याएपछि यहाँ सुधार हुन नसकेपछि थप उपचारको लागि सिरहाको कर्जनहा स्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा बिहीबार राती युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News