२०७८ मंसिर १२, आईतवार ०७:०७

निर्धारित समय भन्दा धेरै ढिलागरी शनिवार सुरु भएको नेकपा एमालेको बन्दसत्रमा विदेशी पाहुनाहरुले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरे ।विदेशी पाहुनाहरुको सम्बोधन सकिए लगतै बोलेका ओलीले भने पार्टीको प्रतिष्ठामा धक्का लाग्ने कार्य नगर्न चेतावनी दिएका छन् ।

नेतृत्व चयनमा सहमति गर्न ओलीले चेतावनी सहितको अभिव्यक्ति दिइरहेको बेला उनकै विरुद्ध भीम रावलले उम्मेदवारी दिने पक्का भन्दै मत मागिरहेका छन् ।घनश्याम भुसाल पनि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा आफ् ना विश्वसनीय सहयोगी ईश्वर पोखरेललाई सर्वसम्मतिबाट ल्याउन चाहेका छन् ।गएराती केन्द्रीय कमिटीले वरिष्ठ उपाध्यक्ष सहित ७ उपाध्यक्ष रहने निर्णय गरेको थियो ।ओलीलाई भुसालको भन्दा चिन्ता सुभाष नेम्वांगले बढाएका छन् । नेम्वांगले पनि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने अडान अबेर रातीसम्म छाडेका छैनन् ।उच्च स्रोतहरुका अनुसार उनलाई आगामी चुनावपछि राष्ट्रपति बनाउन ओलीले आश्वासन दिए पनि त्यो सार्थक हुन सकेको छैन् । ओलीले आफ्ना निकटहरुलाई मात्र पदाधिकारीमा ल्याउन चाहेका छन् ।स्थायी कमिटी र सचिवालयमा ९९/९९ सदस्य रहने केन्द्रीय कमिटीबाट निर्णय गरिएको छ ।तर ओलीले रुचाएका व्यक्तिहरुलाई चुनावमा जान नपरोस भन्ने चाहेका छन् । ‘हामीसँग सिद्धान्त नभए कोसँग छ सिद्धान्त ? हरेक क्षेत्रमा हामीले यत्रा उपलब्धि हासिल गरेका छौं अनि जनताले बुझ्दै नबुझी यत्रो बनाएका हुन् ? जनताले यो साथ, समर्थन, सहयोग यत्तिकै भरोसा गरेका छन् त नहुनेमा ओलीले विशेष जोड दिदै भने, ‘पार्टीको प्रतिष्ठामा धक्का पुग्ने खालका विचार र गतिविधि कुनै पनि कमरेडहरूले नगरौं ।’ ओली विरुद्ध उपाध्यक्ष रावलले उम्मेदवारी दिने प्रयास जारी राखेका छन् । तर रावलले उम्मेदवारी नदिए अन्य पदहरूमा सहमति हुने संभावना बलियो छ ।

सहमति नभए महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले दाबी गरेका छन् । दुवै ओलीका विश्वासपात्र हुन् ।ओलीले सहमतिमा जोड दिदै चुनावलाई नै लोकतान्त्रिक पद्धति भएको मान्यता त्याग्न समेत आग्रह गरे । ‘आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा गर्नु हुन्न’ ओलीले भने , ‘आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा गर्नु हुन्न । पार्टीकै प्रभाव प्रतिष्ठान र एकता खँदिलो हुने कुरामा प्रभाव पार्ने काम नगरौं । फेरि पनि पालो आउँछ । सानो भए पनि हाम्रो अहिले नभए फेरि पालो आउँछ । हतारोका साथ प्रतिस्पर्धा गर्ने, लोकतान्त्रिक अभ्यास प्रतिस्पर्धालाई मात्र नभनौं ।’ ओलीले भाषण गरिरहँदा मधेशबाट पदाधिकारीमा लालबाबु पण्डित, प्रभु साह र रघुबीर महासेठ लडने सन्देश बाँडिरहेका थिए । नेकपा एमालेको महाधिवेशनबाट हाल सम्म केन्द्रीय सदस्यमा समेत निर्वाचित हुन नसकेका महासेठ १० औं महाधिवेशनबाट निर्वाचित हुने वातावरण बनेको छ ।ओली निकटका नेताहरुको बाहुल्यता रहेको महाधिवेशनमा पण्डित र साह भन्दा महासेठ अग्रस्थानमा देखिएका छन् ।साह र पण्डितको भन्दा महासेठलाई ओलीले तराईमा बढी रुचाएका छन् । मधेशका अन्य नेताहरु महाधिवेशनको बन्दसत्रमा नै हराएका छन् ।सहमतिको नाममा देशभरिबाट नेताहरु भागबण्डागरी विश्वासिला प्रतिनिधिहरु मात्र लगेका छन् ।

Comment


Related News

Latest News

Trending News