२०७८ मंसिर १२, आईतवार ०७:१४

जनकपुरधाम ।नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि आइतवार धनुषामा प्रतिनिधि चयन हुने भएको छ ।

केन्द्रीय सभापतिका उम्मेदवार समेत रहेका उपसभापति विमलेन्द्र निधि समेत केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव लगायतका नेताहरु क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन हुने बताइएको छ । महाधिवेशन प्रतिनिधि चयन भएका मध्येबाट महासमिति प्रतिनिधि पनि छानिने बताइएको छ ।संघीय क्षेत्रीय सभापति पनि चयन हुने नेता कुमरकान्त झाले बताए । महाधिवेशन प्रतिनिधि चयन भइसकेपछि जिल्ला अधिवेशन हुनेछ ।उच्च स्रोतका अनुसार जिल्ला अधिवेशन महाधिवेशनपछि हुनेछ ।जिल्ला सभापति चयनमा नेताहरु खुल्न चाहिरहेका छैनन् ।तर सहमतिमा महाधिवेशन प्रतिनिधि चयन नभए कयौं नेताहरु पराजित हुने जोखिम छ । निर्वाचन क्षेत्र नम्बर १ मा आनन्दप्रसाद ढुंगानाले चाहेका नेताहरु नै महाधिवेशन प्रतिनिधिमा पर्ने छन् ।प्रदेश २ मा पनि रामकृष्ण यादवको पकड त्यस्तै देखिएको छ ।प्रदेश ३ मा उपसभापति निधिले चाहेका बाहेक महाधिवेशन प्रतिनिधिमा पर्ने संभावना छैन् । क्षेत्र नम्बर ४ मा महेन्द्र यादवलाई सहमतिमा जानु पर्ने स्थिति छ ।त्यहाँ सहमति नभए उनको समूहमा अन्तरघातले केही नेता महाधिवेशन प्रतिनिधि हुनबाट बञ्चित हुने जोखिम छ ।सहमति भए डा.चन्द्रमोहन यादव पनि महाधिवेशन र महासमितिमा आउन सक्छन् ।

उनका परिवारका सबै सदस्य वडा अधिवेशनबाट नै पराजित भइसकेका छन् ।तर महाधिवेशन प्रतिनिधिमा उनी सहित उनका समूहका केही नेतालाई सहमतिबाट ल्याउने तयारी गरिएको छ ।सहमतिबाट भए हरेक क्षेत्रमा निधि समर्थकहरु चुनिने छन् । तर निधिको निर्वाचन क्षेत्रमा अधिकांश उनका समर्थक आउने निश्चित नै छ । धनुषामा निधि पक्षको अवस्था निकै सुध्रिएको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News