जनकपुरधाम । विश्व मत्स्य दिवस जनकपुरधाममा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
दिवसको अवसरमा जनकपुरधाम स्थित मत्स्य मानव संसाधन तथा प्रविधि परीक्षण केन्द्रले शनिबार विहान प्रभात ¥यालीको आयोजना गरेको थियो । जलचर ‘संरक्षण हाम्रो प्रतिवद्धता, खाद्यपोषण तथा दिगो विकासको सुनिश्चतता’ नारा सहित स्थानीय विद्यापतिचोकबाट निस्केको प्रभात ¥याली रामचोक, जनकचोक, शिवचोक , कदम चोक, क्याम्पसचोक हुदै मत्स्य विकास तालिम केन्द्रमा गइ कोण सभामा परिणत भएको थियो । विश्व मत्स्य दिवसको अवसरमा मत्स्य मानव संसाधन तथा प्रविधि परीक्षण केन्द्र जनकपुरधामले एक अन्तक्रिया कार्यक्रमको समेत आयोजना गरेको थियो । शनिवार साँझ नै कमला नदीमा सिल्बर, नैनी, कमलकार्प लगायतका माछाको भूरा छोडिएको मत्स्य मानव संसाधन तथा प्रविधि परीक्षण केन्द्र जनकपुरधामका प्रमुख रविलाल शर्माले जानकारी दिए ।