२०७८ मंसिर १२, आईतवार ०७:४५

जलेश्वर । मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले नगरमा बसेबास गर्ने लक्षिण वर्ग मुसहर, डोम र हलखोर समुदायका जनतालाई ग्यास चुल्हो वितरण गरेका छन् ।

मटिहानी नगरपालिकाका नगर प्रमुख मण्डलले राम मा.वि. मटिहानीमा आयोजित एक कार्यक्रम बीच सो नगरपालिकाका वडा नं. ४,६,७ र ९ मझौरा, सिमरदही, मठियानीमा वासोवास गर्ने १३३ घर परिवारलाइ सिलिन्डर सहितको ग्यास चुल्हा सेट वितरण गरेका छन् । गयस र चुल्हो वितरण समारोहलाई सम्वोधन गर्दै प्रमुख मण्डलले आफ् नो नगरपालिकालाई धुवा मुक्त नगरपालिका बनाउनकालागि ग्यास र चुल्हो वितरण गरेको बताएका छन् । उनले भने–‘हुने खानेको घरमा ग्यासवाटै खाना बनाउने गरिएको तर यस्ता परिवारहरु अहिले पनि धुवावाट मुक्त हुन सकेको छैन् । मैले निर्वाचनको बेला गरेको बाचा पुरा गरे ।’ कार्यक्रमा नगरपालिकाका उपप्रमुख शिवो देवी साह, वडा नं. २,४,६,७ र ८ वडा का वडाध्यक्षहरू, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य विजय साह, राजनैतिक कर्मिहरू उमाशंकर साह, नागेन्द्र लाल कर्ण,चन्देश्वर साह लगायतका वक्ताहरूले ग्यास सिलिन्डर र ग्यास चुल्हा सेट वितरणले लक्षित वर्ग लाभान्वित हुने भन्नुभयो । कार्यक्रममा ग्यास र चुल्हा सेट पाएपछि लक्षित वर्गहरू खुशि भएका थिए ।

Comment


Related News

Latest News

Trending News