अपडेट 
२०७८ मंसिर १३, सोमबार ०६:४९

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनकालागि प्रतिनिधि चयनमा व्यापक विवाद देखिएको छ ।

धनुषाका ४ वटा क्षेत्रमा आइतवार निर्धारण गरिएको क्षेत्रीय अधिवेशनमा क्षेत्र नं. ३ बाहेक अन्य १, २ र ४ नं. क्षेत्रमा विवाद भएपछि सोमवार अधिवेशन हुने जनाइएको छ । नेपाली कांग्रेसकको सभापतिमा उप–सभापति निधि उम्मेदवारी घोषणा गरेपछि पार्टीका सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका गुटवन्दीले प्रदेश २ नै अछुतो छैन् । प्रदेश २ मा क्रियाशिल सदस्यता देखि लिएर अहिले क्षेत्रिय अधिवेशनमा समेत गुटवन्दीको प्रभाव देखिएको छ । निधिलाई कमजोर पार्नकालागि उनीहरु क्रियाशील सदस्यता देखि नै लागि परेका तर, केही दिन यता निधि पक्षले भने आफ्नो अवस्थामा सुधार ल्याएका छन् । धनुषा निर्वाचन क्षेत्र नं. १ मा आनन्द प्रसाद ढुङ्गाना, २ मा रामकृष्ण यादव र ४ मा महेन्द्र यादवले आफ्नो वर्चस्व स्थापित गर्न लागेका थिए । तर, निधि क्षेत्र नं. ३ सहित प्रदेश २ भरिनै आफ् नो वर्चस्व स्थापनामा लागेका छन् । क्षेत्र नं. १ मा ढुङ्गाना, २ मा रामकृष्ण र ४ मा महेन्द्रले आपूm खुशी गर्ने क्रममा नेताहरुमा मत बाझिएपछि सोमवार तीनै क्षेत्रमा निर्वाचन हुने भएको छ । भने ३ मा निधिले आपूmखुशी महाधिवेशन प्रतिनिधि चयन गरेका छन् । निधिले आफ्ना भाइ धीरेन्द्र निधिलाई क्षेत्रीय सभापतिमा चयन गरेका छन् ।

यस भन्दा पहिला कन्हैया कर्णलाई सभापति बनाइएको थियो । क्षेत्र नं. ३ को अधिवेशनमा उद्घाटन सत्रमै सभापतिमा निधिको नाम पढ्दै प्रतिनिधिहरुको नामावली घोषणा गरिएको थियो । तर, क्षेत्र नं. ३ धनुषाबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार प्रवेश चौधरीले आजसम्म इतिहासमै नभएको काम निधिले गरेको आरोप लगाएका छन् । निधिले आफ्नो मनोमानी हिसाबले मञ्चबाटै आफू अनुकूलका व्यक्तिको नाम घोषणा गरेर लोकतन्त्रको हत्या गरिएको उनको आरोप छ । उनले लोकतान्त्रिक प्रक्रियालाई मिच्दै आफ्नो भाइलाई क्षेत्रीय सभापति बनाएको बताए । निधिले मनोमानि गरेको आरोप अन्य उम्मेदवारहरुले समेत लगाएका छन् । निधिले आफ्ना श्रीमतीलाई समेत महाधिवेशन प्रतिनिधि बनाएका छन् तर, क्षेत्रमा दिन रात काम गर्ने नेता कार्यकर्ताहरुलाई महाधिवेशन प्रतिनिधि बन्नवाट बञ्चित गरिएको छ । निधिले आफ्ना श्रीमती अनामिका निधि लगायत कन्हैया कर्ण, नीलम कर्ण, सम्झना बर्मालाई महाधिवेशन प्रतिनिधि बनाउनु र अन्य नेता कार्यकर्ताहरुलाई उपेक्षित गरिनु निन्दनीय रहेको नेताहरुले बताए । तर, नेकां उच्चस्रोतका अनुसार निधिले अन्य खेमामा रहेका तर, त्यति उचाई पुग्न नसकेकाहरुलाई महाधिवेशन प्रतिनिधि बन्नवाट बञ्चित गरेका छन् । वडाअधिवेशनमा समेत निधिको कुरा नमान्नेहरुलाई महाधिवेशन प्रतिनिधि बन्नवाट बञ्चित गरिएको छ ।

नेकां वडाअधिवेशनमा गोली चल्यो

सर्लाही । नेपाली कांग्रेसको वडाअधिवेशनमा विवाद हुंदा सर्लाहीमा गोली चलेको छ ।

आइतबार दिउंसो बलरा नगरपालिका–९ मा वडा अधिवेशनको क्रममा विवाद भएपछि प्रदेश २ सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका अंगरक्षक रामचन्द्र खाँले बोकेको पेस्तोलवाट हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन् । अधिवेशनमा दुइ पक्षबीच विवाद हुँदा मन्त्री सिंहका सुरक्षा गार्ड खाँले गोली चलाएको हो । वडा अधिवेशनको विषयमा मन्त्री सिंहले असन्तुष्टि जनाएपछि विवाद भएको थियो । सिंह निर्वाचन क्षेत्र नं. ४को ‘क’ बाट सांसद छन् भने ‘ख’ मा गएर विवाद उत्पन्न गरेर दादागिरी गर्ने प्रयास गरेको आरोप नेकां नेता अमरेश कुमार सिंहले लगाएका छन् । जिल्लामा क्रियाशील सदस्यताको विषयलाई लिएर संस्थापन र संस्थापन इतर बीच लामो समयदेखि विवाद जारी छ । यस अघि पनि मलंगवास्थित पार्टी कार्यालयमा दुई पक्षबीच विवाद हुँदा मन्त्री सिंहका पिएसओले इतर पक्षका नेता बलराम झा र विनोद खनालमाथि पेस्तोल तेस्र्याएका थिए । त्यसपछि निर्वाचन अधिकृत दीपकराज पाण्डेय राजिनामा दिएका थिए । केन्द्रीय निर्वाचन समितिले दुवै पक्षका नेताहरूलाई काठमाण्डू बोलाएर सहमति गराई गत मंगलबार भरत बहादुर राउतलाई निर्वाचन अधिकृतको रूपमा खटाएको थियो । विवादकै कारण सर्लाहीमा अहिलेसम्म वडा अधिवेशन सम्पन्न हुन सकेको छैन् । विवादले गर्दा जिल्लाको दुइ दर्जन भन्दा बढी वडामा अधिवेशन हुन बाकी रहेको छ भने १ सय ६५ वटा वडामा अधिवेशन सम्पन्न भइसकेको निर्वाचन अधिकृत राउतले जनाएका छन् ।

Comment


Related News