२०७८ मंसिर १३, सोमबार ०७:३७

सप्तरी । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताकालागि जिल्लामा पुरुष र महिला टोलीको छनौट तथा बन्द प्रशिक्षण सुरु भएको छ ।

मंसिर २७ देखि सुदूर पश्चिम प्रदेशको धनगढीमा प्रधानमन्त्री कप महिला र पुस १२ देखि काठमाण्डुमा प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरिने निर्धारण भएपछि जिल्ला स्थित खेलाडीहरुको छनौट र बन्द प्रशिक्षण सुरु भएको हो । क्रिकेट संघ सप्तरीका सचिव चन्दन यादवले प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताका लागि प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको मंसिर १४ भित्र छनौट गरी सक्नु पर्ने भएकाले सो कार्य पुरा गरी बन्द प्रशिक्षण थालिएको जानकारी दिए । सुरुङ्गा नगरपालिकाको कदमाहा खेल मैदानमा छनौट भएका महिला खेलाडीहरुका लागि बन्द प्रशिक्षण चलाइएको उनले बताए । बन्द प्रशिक्षणमा प्रशिक्षक धर्मेन्द्र चौधरीले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणमा जिल्लाबाट छनौट भएका २० जना महिला खेलाडी सहभागी छन् । त्यस्तै पुरुष क्रिकेट खेलाडीको छनौट पनि जिल्लाको विभिन्न खेल मैदानमा संचालन गरिएको उनले बताए । पुरुष खेलाडीहरुको छनौट कार्य भने मंसिर २५ सम्म चल्ने र छनौट भएकालाई दुइ दिन बन्द प्रशिक्षण मार्फत अन्तिम छनौट गरिने क्रिकेट संघ सप्तरीले जनाएको छ । खेलकुदमा महिलाको सहभागिता बढाउने तथा जिल्ला– जिल्लाबाट उत्कृष्ट क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत केही वर्षयता प्रधानमन्त्री कप महिला र पुरुष क्रिकेट प्रतियोगिता निरन्तर रुपमा संचालन हुंदै आएको संघले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News