अपडेट 
२०७८ मंसिर १४, मंगलवार ०७:१५

संसदियव्यवस्थामा राष्ट्रपति, उपराष्ट्रपति र प्रदेश प्रमुख जस्ता पदहरु मर्यादित मानिन्छ । एउटा भद्र समझदारी अनुसार यीपदहरुअविवादिततथाप्रायः सबैले सम्मानको दृष्टिले हेर्ने गरेको पाइन्छ । त्यसैले पारम्परिक प्रचलनमा यस्ता पदमा गैरराजनीतिकतथा सामाजिक प्रतिष्ठा प्राप्त गरेकाव्यक्तिहरुलाई चयनगर्ने परम्परा वेस्ट मिन्सटिरियल संसदिय प्रणालीमा अवलम्बनगरिएको पाइन्छ । हुन त ; यस्ता पदहरुमा छनौट गर्ने जिम्मा राजनैतिकदलहरुकै हुने गर्छ, फरक दलहरुले चयन गरेका राष्ट्रपति, उपराष्ट्रपतिका पदहरुमाउम्मेदवार हरुमानिर्वाचनपनिहुनेगर्छ, र राष्ट्रपतिले प्रदेश प्रमुखको नियुक्ति सरकारमा रहेका राजनीतिकदलहरुकै सिफारिसमाहुने गर्छ ; तरपनियीपदहरुमाचयनितहरु सम्वैधानिकरुपमाराजनैतिकदलहरुको प्रभावबाट तटस्थ सबैको निम्ती सम्मानित, देश र प्रदेशको अभिभावकको रुपमा हुन्छन् । प्रदेशप्रमुखलाई प्रदेशमा राष्ट्रपतिकोप्रतिनिधि मानिन्छ ।

यस कारण प्रायः यस्ता पदहरुमा गैरराजनीतिक क्षेत्रबाट प्रतिष्ठित र सबैले सम्मानगर्ने पात्रहरुलाई चयनगर्ने परम्परा अन्यत्र पाइन्छ । हाम्रा छिमेकीदेश भारतमाडा.निलम सन्जीबा रेड्डी, डा. बीबीगिरी, प्रतिभा पाटिल वाअब्दुलकलाम जस्ता राष्ट्रपतिहरु यस्तै परम्पराकाप्रतिकहरु हुन् । तर राजनीतिमाजनवादीपना र एकत्वबोधको ठाउँमा सत्तालिप्सा र अर्थ लिप्सा बढदै गएपछि देशको अभिभावकको रुपमा सम्मानितयीपदहरुपनिविवादमा मुछिन र देशको संरक्षकको साटो आफूलाई चयनगर्ने सरकार अथवा राजनीतिकदलको निजी स्वार्थको संरक्षकको रुपमा देखिनथालेका छन् । यीपदहरुको गरिमाबारे हाम्रो गणतन्त्रको अनुभवशुरुदेखि नै कटु र विवादित रहँदै आएको छ । हुन त,हाम्रो गणतन्त्रको पहिलो राष्ट्रपति डा. रामवरण यादव, नेपालीकाँग्रेसको राजनैतिक पृष्ठभूमिबाट आएको भएपनि केही सैद्धान्तिक विवाद र आलोचनालाई छाडि दिने हो भने उनले एक हदसम्मपदको गरिमाजोगाएकै थिए । उनको तुलनामादुई कार्यकालदेखीपदमाविराजमानवर्तमान राष्ट्रपति श्रीमतिविद्यादेवी भण्डारीको एमाले पक्षधरताले उनलाई पटक पटकविवादमातान्ने गरेको छ । विशेष गरेर केपीशर्मा ओलीप्रधानमन्त्रीको पदमा छँदा उनले गैरसम्वैधानिक ढंगबाट संसद विघटन गर्नुमा राष्ट्रपति भण्डारीको भूमिका बढी विवादित रह्यो । यसरी नै प्रदेश नम्बर २माप्रदेश प्रमुखभएर आएकाडां राजेश अहिराजले एकपक्षीय रुपमा जसरी आफूलाई सिफारिस गर्ने दलप्रति समर्पितभूमिकामा देखिए, त्यसले प्रदेश प्रमुख सबैको भन्ने भावलाई खण्डित गथ्र्यो । (विगतको अभ्यासहरुलाई उपेक्षागर्दै) नेपालीभाषाबाहेकको भाषामाप्रदेश सांसदहरुले शपथलिननपाउने, गणतन्त्र र संघियताको निम्तीआन्दोलनमाशहादतदिनेहरुको तस्वीरको ठाउँमा पृथ्वीनारायण शाहको तस्वीर लगाउनु जस्ता गैरगणतान्त्रिक भावहरुको कारण उनको आलोचनाभएको थियो । यी सबै तपदहरुको गरिमाको विषयभयो । यथार्थ के छ भने हाम्रो गणतन्त्रमा यी सम्वैधानिकगरिमाकापदहरु समेत राजनीतिकदलहरुको निम्ती नेता,कार्यकर्ता तथापार्टीभित्रकाबौद्धिकहरुको व्यवस्थापनको पदभन्दाबढी हुने गर्दैन ।

त्यसैले यस्ता पदहरु पनि राजनीतिकदलहरुको निम्तीअवसरहरुको उपयोग र संरक्षणको हतियारभन्दा बढी छैन भन्नेपनि साबित हुन्छ । राजनैतिक जीवनबाट होस वा सामाजिकवाबौद्धिक जीवनबाट आएको होस, यस्ता पदहरुको निम्ती देश र जनतालाई सर्वोच्च स्थानमा राख्ने, इमान्दार, त्यागी, दृढ, राजनैतिक सचेत तथाअधिकतम् सर्वमान्य सक्षमपात्रहरु हुनूपर्ने देखिन्छ । तर राजनीतिलाई आफ्नो दस पुस्ताको निम्ती सम्पत्तिजोडने माध्यमको रुपमालिनेहरुको निम्ती यस्ता पात्रहरुको चयन आत्मघाती हुनसक्छ । त्यसैले उनिहरु आफूप्रति समर्पित हुने सहजपात्रको छनौट गर्ने गरेको देखिन्छ । कतिपयअवस्थामा त आफू चयनितपदको गरिमा र ओज के हो भन्ने थाहानपाउनेहरु पनि यस्ता पदमाआसीनभएका देखिन्छन् । प्रदेश नम्बर २माप्रदेश प्रमुखको पत्नीलाई प्रदेश सरकारको मन्त्रीपरिषदको निर्णय अनुसार उपचार सहयोगको नाममा रु. ५ लाखको सहयोग दिइएको, तर बाहिर चर्चा चुलिनथालेपछि उक्त चेक फिर्ता गरिएकोखबर चर्चामा छ । विडम्बना के छ भने प्रदेश प्रमुखको पत्नीलाई दिइने यो सहयोग रकमअसहाय, विपन्नवर्ग, अशक्ततथागम्भीर प्रकृतिको बिरामीलाई सहयोग गर्न स्थापनागरिएको मूख्यमन्त्रीकोषबाट दिइएको हो । अझउल्लेखनीय के छ भने यस कोषबाट एकपटकमा बढीमा रु.तीन लाखसम्म मात्र दिन सकिने व्यवस्थागरिएको छ । प्रदेशप्रमुखलाई सरकारले सेवा सुविधादिएको छ । यस पदवापतउनले पाउने मनग्गै तलब पाउँछन् ।उनले आफ्नो खर्चबाटपनि त परिवारजनको उपचार गराउन सक्छन् ! पाउन त एउटा कार्यालय सहयोगी (पियन)ले पनितलब पाउँछ ।उसले जति पाउँछ, उसले त्यतिमै आफ्नो गाँस, बास, कपास, शिक्षा र रोगको उपचारको व्यवस्थागर्ने गर्छ, पुगेपनि, नपुगेपनि । आमजनताले त झन् आफूले जति कमाउँछ, त्यतिमै आफ्नो जीवन धान्छ ।

पैसा छ भने ठिकै छ,खाउ, पढ र उपचार गराउ !होइनभने भोकै बस, अशिक्षितहोउ र औषधिबिना मर !यहीहो उसको भाग्य । नाममात्रको भएपनिशासनले यस्तैको निम्तीविपन्नहरुलाई सहयोग गर्न प्रधानमन्त्री र मूख्यमन्त्री सहायताकोषहरुको निर्माण गरेको छ । तर यस्ता घटनाहरुले के देखाउँछ भने पद जुनसुकै होस सबै आमजनताको निम्ती छुट्याइएको रकममा लूट मच्चाउनमा समान छन् । हुन त यो प्रदेशमात्रको कुरा होइन । यो अर्थलोलुपता र लूट वर्तमानको समग्र राजनीतिको चरित्र बनिसकेको छ । तीनदशकदेखी सत्ताशीर्षमा बसेर अकूत वैध र अवैध सम्पत्तिजोडेका देउवाहुन् वाओलीवाखनालवाअब त दाहालपनिवाअन्यकोही, बिरामीभएमाआफ्नागोजीबाट एकपैसा खर्च गर्दैनन् । देशभित्रै उपचार गर्न सकिने रोगकानिम्ती समेत विदेश भ्रमणमा जाने गर्छन् । त्योपनिएक्लै होइन, दुई जना कुरुआ सहित ।कहिलेकाँही यस्ता खर्चहरु कुनै दलालपूँजीपतिले बेहोरी दिने गर्छन् ;होइनभने प्रायः हरेक पटक यी ‘महानेता’हरु सरकारी खर्चमै रजाँईँ गरेर उपचार गराउँछन् । अर्कोतर्फ समयमा सिटामोल नपाएर मरेको अवस्था छँदैछ । बिराटनगरमानिजी अस्पतालको बिलतिर्ननसकेर बन्धकी परेको मोरङ्गकाशिवकुमार मण्डलले अस्पतालमै आत्महत्यागर्ने कहालीलाग्दो स्थिति छ । जनस्तरमाविद्यमानयीप्रतिकात्मकघटनामात्र हुन् । होइनभने यस्ता घटना हरेक दिनहुने गर्छ । सत्ताधारी भएपछि आफ्नो गोजाबाट खर्च गर्नु हुँदैन त ? राजनैतिक वृत्तमाआम समझदारी यस्तै छ । त्यसैले त होला, प्रदेश प्रमुखको पत्नीको निम्तीपाँचलाखको सहयोग गर्नमन्त्रीपरिषद्माविभिन्न पार्टीबाट गएकामन्त्रीहरुले सर्वसम्मत निर्णय गरे । यस्ले जनताको नाममाविनियोजित रकममा लूट मच्चाउनेमा सत्तावृत्तमाआम समझदारी छ भन्ने प्रष्ट हुन्छ । यस्ले यस्ता गरिमामयपदमा बस्नेहरुको विवेक र स्वाभिमानमाथीपनिप्रश्नचिन्ह खडा गर्छ । यहाँ नेपाल कम्युनिस्ट पार्टीकासंस्थापकपुष्पलालको मृत्यु प्रसंग सान्दर्भिक छ । उनको मृत्यु भारतको एउटा सरकारी अस्पतालमा भएको थियो ।

उनका साथीहरुले लेखेको संस्मरण अनुसार अत्यन्तगम्भीर स्थितिमा पनिउनि सामान्य वार्डमाउपचार गराउनचाहन्थे, र स्वयं चिकित्सकले नै ‘तपाँईको उपचार सामान्य वार्डमागर्न सकिँदैन’भनेर बाध्यपारेपछि मात्रउनि स्पेसल वार्डमाजानमानेकाथिए, जहाँउनको मृत्यू भयो । हामी नेपालीकाँग्रेसका नेता र बहुदलियव्यवस्थाकाप्रथमप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पनिउदाहरण दिनसक्छौँ, जो प्रधानमन्त्रीहुँदापानीखाने सुराही र छाता लिएर बालुवाटार छिरेकाथिए र फर्किने बेलापनिउनिसंग सम्पत्तिको नाममा सुराही र छातामात्र थियो । अहिले अकूत सम्पत्तिकामालिक देउवा, ओली र नेपालहरु आफूलाई यिनै पुष्पलाल र भट्टराईको उत्तराधिकारीको प्रस्तुत गर्छन् । वर्तमानप्रदेश प्रमुखपनितिनै भट्टराईले स्थापना गरेको नेपालीकाँग्रेसको विरासतबाट जन्मेकाहुन् । एउटा प्रदेश प्रमुखको गरिमाविचार गर्ने हो भने उनले यस्ता चारित्रिकतामाथीप्रश्न उठ्ने सवालमा सचेत हुनु पर्छ । होइन, राजनीतिककार्यकर्ता र नेताहरुले सरकारी पदहरुलाई आर्थिक लाभकानिम्तीइमान्दारी र प्रतिष्ठालाई जसरी दाउमालगाउँछन्, त्यसरी नै उनिपनिकमाउन नै आएकाहुनभने त केहीभन्नु बेकार छ । लोकतन्त्रवादीहरुले वर्तमानव्यवस्थालाई सर्वोत्तमभनिरहेका छन् । तर अवस्था फरक छ । यो पार्टी ब्यानर फरक फरक भएपनि,बाहिर एक अर्कालाई गालीगर्दै भित्रभित्रै मिलजुलीजनताको पैसा लूट मच्चाउने धनिकवर्गको व्यवस्थाहो । धेरै किनभन्नु ! आगामीदुईवर्ष चुनावकै वर्ष हुनेछन् । यो व्यवस्थाकतिधोकापूर्ण र लूटको व्यवस्थाहो भन्ने कुरा यिनीहरु चुनावी सभामा एक अर्काको कर्तूत नङग्याएपछि थाहापाउनु नै हुनेछ । हुन त अहिले थाहानपाएको हो र

Comment


Related News

Latest News

Trending News