२०७८ मंसिर १४, मंगलवार १६:२३

वीरगञ्ज, रक्सौल जनसम्बन्धी विषयक गोष्ठी सम्पन्न भएको छ ।

भारतको अमृत महोत्सव र नेपाल भारत सहयोग मञ्चको रजत जयन्ती वर्षको अवसरमा वीरगञ्ज रक्सौल जनसम्बन्ध विषयक गोष्ठी सम्पन्न भएको हो । नेपाल भारतको सम्बन्धको बारेमा थुप्रै बहस र विश्लेषण भएपनि वीरगञ्ज र रक्सौलको जनसम्बन्ध विषयमा पहिलो पटक बहस भएको नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष अशोक कुमार वैद्य बताउँछन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका कार्यवाहक महावाणिज्य दूत तरुण कुमारले नेपाल र भारतबिच सदियौँ देखिको रोटीबेटीको सम्बन्धलाई अँझै सुमधुर बनाउन सिमा क्षेत्रका शहरले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । रक्सौल र वीरगञ्जका जनताबिचको सम्बन्ध आउने सुधारले समग्र नेपाल र भारतको सम्बन्धमा प्रभाव पर्ने तरुण कुमारको भनाई छ । कार्यक्रममा प्राध्यापक डा। अनिल कुमार सिन्हा, भारत नेपाल मैत्री संघ रक्सौलका अध्यक्ष मनिष दुवे, भारतीय महावाणिज्य दुतावास वीरगञ्जका काउन्सलर शैलेन्द्र कुमार लगायतले वीरगञ्ज र रक्सौलको सम्बन्धको बारेमा चर्चा गरेका थिए ।

Comment


Related News

Latest News

Trending News