२०७८ मंसिर १५, बुधबार ०७:४५

सप्तरी । किसानले भोग्नु परिरहेको समस्या समाधानको माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ९ बुंदे ज्ञापन पत्र बुझाएको छ ।

कोरोना, बाढी र अतिवृष्टिले जिल्लाका किसानले व्यापक क्षति भोग्नु परेको उल्लेख गर्दै अविलम्ब किसानलाई राहत प्रदान गर्न पहलको लागि लोसपाले प्रधानमन्त्रीको कार्यालय, प्रदेश २ मुख्यमन्त्रीको कार्यालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय समक्ष ज्ञापनपत्र बुझाएको हो । किसानले समयमै मल तथा बिउ बिजन नपाउँदा थप पीडामा परेको, समयमै मलखाद तथा बिउबिजन उपलब्ध गराउन, जिल्लामा कृषि उत्पादन सामग्री भण्डारण गर्न, शीत भण्डार र गोदाम घरको व्यवस्था मिलाउन, अन्न वालीमा लाग्ने रोगको प्रकोप नियन्त्रण गर्न, कृषि वीमामा किसानको पहुंच बढाउन, कृषि उपज बृद्धिका लागि तालिम संचालन गर्न तथा किसानलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था मिलाउनु पर्ने सहितका ९ बुंदे माग ज्ञापनपत्र मार्फत अघि सारिएको छ । ज्ञापन पत्र बुझ्दै प्रजिअ गौतमले तत्कालै सम्बन्धित निकायमा पठाइ समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार लोसपा सप्तरी अध्यक्ष मण्डलका सदस्य अध्यक्ष सुनिल कुमार झा, केन्द्रीय नेता दिनेश यादव, दिपेन्द्र चौधरी, पुनम यादव, बिनोद यादव, बिजय यादव लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन पत्र बुझाएका थिए ।

Comment

Related News

Latest News

Trending News