अपडेट 
२०७८ मंसिर १५, बुधबार ०९:२०

अमेरिकाको मिशिगन राज्यस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ ।

एक शिक्षकसहित ८ जना घाइते भएको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । हाइस्कूलमा भएको गोलीकाण्डमा मृत्यु हुनेमा १६ वर्षका छात्र तथा १४ र १७ वर्षकी छात्रा रहेका छन् ।

डिट्रोइटबाट ६५ किलोमिटरको दूरीमा रहेको अक्सफोर्ड बजारस्थित हाइस्कूलमा आक्रमण भएको हो । स्थानीय समय अनुसार मंगलबार दिउँसो पौने १ बजेतिर अक्सफोर्ड हाइस्कूलमा अन्धाधुन्ध गोली प्रहार भएको हो । अन्धाधुन्ध गोली प्रहार गरेको अभियोगमा प्रहरीले १५ वर्षका छात्रलाई नियन्त्रणमा लिएको छ । उनले १५ देखि २० राउण्ड गोली प्रहार गरेको जनाइएको छ ।

सेमिअटोमेटिक ह्याण्डगनको प्रयोग भएको घटनामा ती छात्र मात्रै संलग्न रहेको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।

आक्रमण किन र कुन उद्देश्यका लागि भएको थियो भन्ने खुलेको छैन ।

प्रहरीले खबर पाएको पाँच मिनेट भित्रै आक्रमणमा संलग्न भएको अभियोग लागेका छात्रले आत्मसमर्पण गरेको अधिकारीहरुले बताएका छन् । अभियुक्त सो स्कूलकै विद्यार्थी रहेको उल्लेख छ ।

https://www.youtube.com/watch?v=uHe58s1KjgA&t=45s

Comment


Related News

Latest News

Trending News