२०७८ मंसिर १५, बुधबार १२:३४
जनकपुर- ढल्केबर खण्डको महेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा एक यूवकको मृत्यू भएको छ ।
मृत्यू हुनेमा धनुषाको कमला नगरपालिका ३ लगमाका अन्दाजी २३ वर्षीय बिजय मोरबैता यादव छन् । ज१२ प ५२२५ नम्बरको मोटरसाइकलमा काठमाडौंबाट घर फर्किने क्रममा आज विहान उनी दुर्घटनामा परेपछि गम्भीर घाइते भएका थिए ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले उनलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याए । तर अस्पतालमा डाक्टरले मृत घोषित गरेका छन् ।
दुर्घटनामा परेका मोटरसाइकलको पछाडीमा सबार आलोक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार चौधरी पनि घाइते छन् ।
Please subscribe our youtube channel and support us
https://www.youtube.com/watch?v=uHe58s1KjgA&t=45s


