२०७८ मंसिर १५, बुधबार १६:०१
रामजानकी विवाह पञ्चमीलाई मध्यनजर गर्दै जनकपुरधाममा वृहत सरसफाइ अभियान सुरु भएको छ ।
बुधवार विहान प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितको सहभागितामा रंगभूमि मैदान बाह्र बिघा, जानकी मन्दिर आसपास सरसफाइ गरिएको छ । जनकपुरधाम उपमहनगरपालिकाको अगुवाईमा भएको कार्यक्रममा मुख्यमन्त्री राउत आफै झाडु बोकेर सरसफाईमा उत्रिएका थिए । कार्यक्रममा जनकपुर उपमहानगरका मेयर लालकिशोर साह, जानकी मन्दिरका छोटा महन्थ रोशन दास, प्रदेश सरकारका विभिन्न मन्त्रालयका कर्मचारी, उपमहानगरपालिका कर्मचारी तथा सुरक्षा निकायका पदाधिकारी तथा सुरक्षाकर्मीहरू सहभागी थिए ।
विवाह पञ्चमीमा स्वदेश तथा विदेशबाट समेत श्रद्धालु भक्जनक्तजनहरू आउने भएकाले सरसफाईमा जोड दिएको हो ।


