अपडेट 
२०७८ मंसिर १५, बुधबार १६:४४

जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश २ को अध्यक्ष रामबाबु यादव बनेका छन् । बुधबार जनकपुरधामस्थित पार्टी कार्यालयमा एक कार्यक्रमका बिच रामबाबु यादवलाई प्रदेश २ को अध्यक्ष बनाइएको हो ।

यादवको नेतृत्वमा ११ सदस्यीय मधेश प्रदेश समिति गठन भएको छ ।मधेश प्रदेश समितिमा पाँचजना उपाध्यक्षमा बनाइएको छ । मुख्यसचिवसहित चारजना सचिव र एक जना कोषाध्यक्ष बनाइएको हो ।

रामपृत पासवान, शम्भु झा, शेष नारायण यादव, बृज मोहन तिवारी र रामसेवक यादवलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ । यस्तै, दिनेश कुमार यादव मुख्य सचिव, असुफ अलि सचिव, निरा साह सचिव, शैलेश कुमार साह सचिव र रेणु यादवलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।

Comment


Related News