अपडेट 
२०७८ मंसिर १६, बिहीबार ०७:१७

जनकपुरधाम । ‘असमानता हटाऔ एड्स अन्त्य गरौ’ नार ासहित बुधवार ३४ औ विश्व एड्स दिवस मनाइएको छ ।

दिवसको अवसरमा बुधवार प्रदेश २ का स्वास्थ्य निर्दे शनालयले गरेको एक अन्तर क्रिया कार्यक्रममा वक्ताहरुले एड्स पीडितसंग हुने सामाजिक विभेद तथा व्यक्तित्वमा लगाइने लान्छना हटाउन समाजका हरेक क्षेत्रबाट पहल हुनुपर्नेमा जोड दि । विश्वमा पहिलो पटक सन् १९८१ र नेपालमा सन् १९८८ मा देखा परेको एजआइभी एड्स सम्बन्धि जनचेतनामा अझै अवभाव रहेको भन्दै प्रदे श २ का स्वास्थ्य निर्देशक विजय झाले एड्स विरुद्धको गलत विकृति हटाउन सञ्चार कर्मिको भूमिका महत्वपूर्ण रहेको बताए । असुरक्षित यौन सम्पर्क, पुरूष समलिङ्गी,तेस्रो लिङ्गी र सुईबाट लागुपदार्थ सेवनबाट तथा रगतको माध्यमले सर्ने एड्स संक्रमितहरुलाई घरको साथै समाजमा पनि विभेद हुने गरे को घटना सार्वजनिक भइरहेको न्यूनीकरण अभियान सफल पार्न सञ्चारकर्मीहरुलाई आग्रह गरे । सन् २०२० को तथ्यांक अनुसार नेपालमा एड्स संक्रमितको संख्या ३० हजार ३ सय पुरूष र १ हजार ३ सय ९४ महिला रहेको छ । त्यसैगरी गत अषाढ सम्ममा २ हजार ९ सय ९८ जनाले एड्सको औषधि सेवन गरिरहेको स्वास्थ्य निर्देशनालयको तथ्याङकमा उल्लेख छ । नेपालमा एड्सबाट १ हजार २ सय ६८ बालबालिका पीडित रहेको छ भने ६ सय ६३ जनाको मृत्यु भइसकेको तथ्याङकमा उल्लेख छ ।

नेपालमा एड्सबाट ५४ प्रतिशत पुरूष र ४६ प्रतिशत महिला पीडित रहेको तथ्यांकमा देखाइएको छ । एड्स पीडितले जीवन भरि औषधि खानुपर्ने वाध्यता रहे कोले नेपाल सरकारले एड्सको औषधि निःशुल्क उपलब्ध गर ाउंदै आएको उनले बताए । ‘ एचआइभी एड्समा विभेद छ अहिले पनि असमानता छ । रो गीहरु समाजमा पूर्ण रुपमा स्वीकार गर्ने अवस्थाको सृजना भइनसकेकोले पनि एड्स रोगीहरु घरमै लुकेकै हुन सक्ने सम्भावना बनेकै हुन्छ ’,डा. झाले भने । मुख्यतः असुरक्षित यौ न सम्पर्क ,रगत साटासाट र संक्रमित आमाबाट संक्रमण सर्ने भएको जानकारी दिंदै डा.झाले संगै बस्दा सुत्दा संक्रमण नहुने बताए । आमाबाट बच्चामा सर्ने लाई आगामी सन् २०२६ सम्म शून्यमा पु¥याउने लक्ष्य रहेको उनले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News