धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विवाहपञ्चमी महोत्सवको समग्र तयारीमा जुट्न सरोकार वाला निकायलाई निर्देशन दिनुभएको छ ।
बुधवार प्रदेश सर कार, जनकपुरधाम उपमहानगर पालिका, जानकी मन्दिर एवं सुर क्षा निकायका प्रमुखसहितको संयुक्त बैठकमा मुख्यमन्त्री र ाउतले विवाह पञ्चमी महोत्सव प्रदेशको धरोहर रहेकाले यसलाई भव्य बनाउन सबै निकायलाई निर्देशन दिनुभएको हो । उहाँले महोत्सवलाई लक्षित गर्दै सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन सुरक्षा निकायलाई निर्दे शन दिँदै थप मजबुत बनाउन आवश्यक व्यवस्थापन प्रदेश सरकारले गरिदिने प्रतिबद्धता जनाउनुभयो । विवाहपञ्चमी महो त्सवलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारका तर्फबाट मूल नाकामा प्रवेशद्वार निर्माण गर्नुका साथै खानेपानीको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई मुख्यमन्त्री राउतले निर्देशन दिनुभएको हो ।
बैठकमा अर्थ उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, आन्तरिक मामिला तथा सञ्चारराज्यमन्त्री रुवीकुमारी कर्ण, जनकपुरधाम उपमहानगर का प्रमुख लालकिशोर साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास, प्रमुख सचिव हरिप्रसाद मैनाली, आन्तरिक मन्त्रालयका सचिव र ामकुमार महतो, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तो ला, जनकपुर उपमहानगर का कार्यकारी अधिकृत प्रद्युम्नप्रसाद उपाध्याय, नेपाली सेनाका सहायक रथी शिशिर चन्द्र केसी, नेपाल प्रहरीका नायब महानिरीक्षक उमेश र ञ्जितकार, सशस्त्र प्रहरीका नायब महानिरीक्षक गणेश ठाडा मगरसहितको सहभागिता थियो । रासस