प्रदेश २ सरकारले खरिद गरेको ५ वटा बस संचालनको लागि निजी क्षेत्रलाई दिने तयारी गरेको छ ।
बस खरिद गरिएको एक वर्षभन्दा बढी भइसक्दा पनि चलाउन नसकेपछि बस संचालनको लागि निजी क्षेत्रलाई दिने तयारी प्रदेश सरकारले थालेको हो । प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव दिपक कुमार दासले बस संचालनको जिम्मावारी निजी क्षेत्रलाई दिने गरी कार्यविधि तयार भइसकेको र स्वीकृतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा पठाइएको बताए । बस सम्बन्धि कार्यविधि अहिले मुख्यमन्त्रिपरिषदमै रहेको छ भन्दै उनले भने,‘ मन्त्रिपरिषद् बाट स्वीकृत हुने बित्तिक्कै बस संचालनको लागि निजी क्षेत्रलाई टेण्डर आह्वान गर्छौ ।’ प्रदेश सरकारले आफ्ैले बस चलाउन नसक्ने भन्दै सचिव दासले भने,‘ प्रदेश सरकारले आफै बस चलाउन सक्दैन, त्यो संचालनको युनिट पनि प्रदेश सरकारसँग छैन । फेरि त्यसलाई चलाएको खण्डमा प्रदेश सरकारलाई थप आर्थिक भार पर्न जान्छ ।’ साढे तीन करोडमा खरिद गरिएको बस प्रदेश सरकारले आफैले चलायो भने वार्षिक खरिद भन्दा दोब्बर खर्च हुन जान्छ, सचिव दासले भने,‘ यो प्रणाली छिमेकी मुलुक भारत सहित सबै ठाउँमा असफल भइसकेको छ । त्यसैले यसलाई लिजमा लगाउने गरी हामीले कार्यविधि तयार गरेका छौ ।’ आवश्यक ऐन कानून नै तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले ५ वटा बस खरिद गरेका थिए ।
साढे तीन करोडको लगानीमा खरिद गरिएको ५ वटा बस संचालन नभइ मधेश भवन परिसरमा थन्काएर राखिएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरदेखि आठ वटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उदेश्यले प्रदेश सरकारले बस खरिद गरिएको थियो । तर बस संचालनको लागि आवश्यक पर्ने ऐन कानुन तथा कार्यविधि नै निर्माण नहुंदा बस अहिले खुल्ला आकाशमुनि थन्काएर राखिएको छ । खुल्ला आकाशमुनि राखिएको बसको रंङ बिग्रिनुको साथै बैट्री, ईन्जिन , टायर लगायतका पूर्जाहरु बिग्रिंदै गएको छ ।
https://www.youtube.com/watch?v=xNBK3xiGYD4


