जनता समाजबादी पार्टी नेपालको संगठन सुदृढिकरण, जन जागरण अभियान तथा पार्टी प्रवेश कार्यक्रम तीव्र रुपमा जारी रहेको छ ।
सो क्रममा बिहीबार जिल्लाको बहादुरमाई नगरपालिका–३ नगरदाहामा जसपा नेपालले पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाली कांग्रेस,नेकपा एमाले,माओवादी केन्द्र,लोकतान्त्रिक समाजवादी सहित विभिन्न पार्टीका दर्जनौ नेता कार्यकर्ताहरु जसपमा प्रवेश गरेका छन् । स्थानीय मिश्री साह,अशोक साह, मनोरंजन माली,जोखन मियाँको नेतृत्वमा दर्जनौ कार्यकर्ताहरु जसपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवले सदस्यता प्रमाणपत्र प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा संघीय परिषद सदस्य विपिन यादव,प्रदेश सदस्य महराज यादव,नगर अध्यक्ष सिगासन साह, जिल्ला सदस्य फन्नालाल साह,प्रेमचन्द्र कुशवाहा, नगर सचिव बिरेश यादव, चंदन यादव, वडाध्यक्ष रामरेखा सिहं, रामाधार यादव, महन्थ यादव, बिरेन्द्र सिह, नरेश यादव प्रमोद यादव, मनोज पटेल, नागेंद्र यादव, रामकिसुन यादव, रुपन साह लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लखेनीय सहभागिता रहेको थियो । यसैबीच बहादुरमाइ नगरपालिका–३ को वडा कमिटी गठन गरिएको छ ।
साममहम्द मियाँको अध्यक्षत्तामा २९ जना सदस्यीय वडा कमिटी गठन गरिएको हो । सर्व सम्मतिले गठित कमिटीको सचिवमा दिलीप पंडित, कोषाध्यक्षमा पारस साह, सह–कोषाध्यक्ष जिरजोधन यादव रहेका छन्। भने गठित युवा कमिटीको अध्यक्षमा मुकेश साह, कोषाध्यक्षमा बीरेन्द्र ठाकुर, सचिवमा अजय साह तुरहा, सह–सचिवमा मुन्नीलालको चयन भएको र बांकी रहेको पदमा पछि मनोनयन गरिने जानकारी गराइएको छ ।


