२०७८ मंसिर १७, शुक्रबार ०६:५१

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–२ को पब्लिक माध्यमिक विद्यालय झण्डा बजारमा दलित छात्रावासको भवन निर्माण सुरु भएको दश वर्षपछि सम्पन्न भएको छ ।

वि. सं. २०६८ सालदेखि निर्माणाधिन दलित छात्रावास भवनको बुधबार एक कार्यक्रम बीच उद्घाटन गरिएको छ । जिल्लाका दलित मुक्ति आन्दोलनका नेता तथा संस्थापक नेता गोबिन्द पासवानले दलित समुदायको विद्यार्थीले भोगेका उत्पीडन ,वेदनाको स्पष्ट दृष्टिकोण राखेपछि यसलाई सहज रुपमा स्वीकार गरी तत्कालीन रामकविर मठका मठाधीश स्वःरामनारायण दास बैरागीले छात्रावास निर्माणको लागि जग्गा प्रदान गरेका थिए । ८५ लाखको लागतमा दुईतले दलित छात्रावास भवनको निर्माण गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवानले जानकारी दिए । उद्घाटन कार्यक्रममा रामनरेश मण्डल, सर्लाही निर्वाचन क्षेत्र न– १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोद साह, मनपा का मेयर निरसल साह ,प्रदेश सभा सदस्य रवीन्द्र बैठा , दलित नेता गोविन्द पासवान, राम सेवक राम,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवान, राम केवल माझी, राजन बैठा, सकुन्तला देवी,महेश पासवान, राज कुमार पासवान, जसीया देवी मलिक लगायतको सहभागिता रहेको थियो ।

Comment

Related News

Latest News

Trending News