२०७८ मंसिर १७, शुक्रबार ०६:५३

रौतहट । गौर नगरपालिका– ९ सिर्सियामा रहेको रत्न कन्या आधारभूत विद्यालयलाइ विद्यालय पूर्वाधार विकास सम्बन्धि विभिन्न सामग्रीहरु हस्तानान्तरण गरिएको छ ।

नेपाल गर्लस एजुकेसन परियोजना अन्तर्गत पेनिएपिएलको सहयोगमा माण्डवी सस्थाले बिहीबार एक समारोहको आयोजना गरी विद्यालय पूर्वाधार विकास सम्बन्धि सामाग्रीहरु हस्तानान्तरण गरेको हो । ८० थान बेञ्च ,८० थान डेस्क , २ थान स्टिल दराज , २ थान पुस्तक रैक , कुर्सि तथा विद्यालयमा विद्यार्थीहरुको लागि निर्माण गरिएको शौचालय समेत विद्यालयका प्रध्यानाध्यापक द्वारिका राउतलाई सस्थाका निर्देशक अन्जु झाले हस्तानान्तरण गरिन् । कार्यक्रममा नगरपालिकाका नगर उप–प्रमुख किरण कुमारी ठाकुरले विद्यालयलाई राजनीतिक हस्तक्षेप भन्दा बाहिर राख्नु पर्ने धारणा राखे । विद्यालयमा राजनीतिक दवाव भए विद्यार्थीहरुको अध्ययन अध्ययापनमा नराम्रो प्रभाव पर्ने भएकोले विद्यालयलाई स्वतन्त्र राख्नु पर्ने धारणा व्यक्त गरे । विद्यालयलाई चाहिने भौतिक पूर्वाधार विकासका लागि स्थानीय , प्रदेश र संघीय सरकारले सहयोग गर्नु पर्ने बताउंदै समयमा अध्ययन अध्ययापन गराई शिक्षाको स्तर उकास्न शिक्षकहरुलाई ध्यान केन्द्रीत गर्न आग्रह गरे । कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख राम विनय सिंह , वडा अध्यक्ष मोहन सिंह , गौर नगरपालिकाका शिक्षा संयोजक गणेश बहादुर गिरी, आयोजक संस्थाका निर्देशक अन्जु झा सहितकाले आ–आप् mनो धारणा राखेका थिए । यस अघि विद्यालयमा बेञ्च डेस्कको अभावका कारण विद्यार्थीहरुलाई भुंइमा बसेर अध्ययन गर्नु पर्ने बाध्यता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News