सिरहा । जिल्ला अदालत सिरहाबाट सजाय आदेश भइ फरार रहेका आठ अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विभिन्न मुद्दामा सजाय भइ फरार भएका ८ अभियुक्तलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेका आठै अभियुक्तलाई जिल्ला अदालत सिरहा समक्ष पेश गरिएको उनले बताए । सुखिपुर नगरपालिका–५ का ३८ वर्षीय कासिन्द्र यादव, लक्ष्मीपुरपतारी गाउंपालिका–५ खरुकियाहीका ६० वर्षीय रामअशिस दास तत्मा, लहान नगरपालिका–.२० भवानीपुर कलाबन्जरका ३४ वर्षीय परशुराम यादव, सुखिपुर नगरपालिका– ५का ३८ वर्षीय कासिन्द्र यादव, सिरहा नपा– १२ गम्हरिया टोलका ४५ वर्षीया अनिता देवी सहनी, गोलबजार नपा–२ गुरुधामका ४१ वर्षीय राम कुमार मगर, सोही ठाउंका ३५ वर्षीय साजन कुमार लामा , औरही गापा–२ का ६७ वर्षीय जगदिश नायक र बिष्णुपुर गापा– १ का ३५ वर्षीय रामबाबु यादवलाई पक्राउ परेका हुन् । रामअशिस दास तत्मालाई कुटपिट तथा अंगभंग मुद्दामा २ बर्ष कैद र १ लाख जरिवाना सजायको फैसला सुनाएको थियो भने परशुराम यादवलाई नकवजनी चोरी मुद्यामा १ दिन कैद र ४ लाख ९९ हजार ६ सय ५० जरिवानाको फैसला सुनाइएको सूचना अधिकारी बुढाथोकीले बताए । कासिन्द्र यादवलाई लेनदेन मुद्यामा २ बर्ष कैद, अनिता देवी सहनीलाई लेनदेन विगो मुद्यामा ६ महिना कैद, राम कुमार मगरलाई सवारी ज्यान मुद्यामा १५ दिन कैद र २ हजार जरिवाना, साजन कुमार लामालाई ८ दिन कैद र २ हजार जरिवाना, जगदिश नायकलाई जग्गा खिचोला मुद्यामा १३ हजार ७ सय ५० जरिवाना र झै–झगडा तथा कुटपिट मुद्याका फरार रहेका रामबाबु यादवलाई पक्राउ गरिएको हो ।
https://www.youtube.com/watch?v=xNBK3xiGYD4


