रौतहट । रौतहट जिल्लाको तीन वटा स्थानीय तहमा संचालनमा रहेको सामुदायिक सिकाइ केन्द्रलाई प्राविधिक सामग्रीहरु उपलव्ध गराइएको छ ।
कोइका अन्तराष्ट्रियको आर्थिक सहयोगमा संचालित किशोरी तथा युवा महिलाहरुको लागि बृहत् यौनिकता शिक्षा र साक्षरता कक्षा कार्यक्रम अन्तर्गत युनेस्कोद्वारा रौतहटको राजदेवी नगरपालिका–७, राजपुर नगरपालिका र देवाही गोनाही नगरपालिका अन्तर्गत संचालनमा रहेको सामुदायिक अध्ययन केन्द्रलाई विधुतीय प्राविधिक सामग्री सहयोग गरिएको युनेस्कोका रौतहट जिल्ला संयोजक दिपेन्द्र ठाकुरले जानकारी दिए । राजदेवी नपा–७ मा संचालनमा रहेको क्राइम केयर सामुदायिक सिकाइ केन्द्र , राजपुर नपा–७ र ९ का अकोल्बा सामुदायिक सिकाइ केन्द्र , रामजानकी सामुदायिक सिकाइ केन्द्र तथा देवाही गोनाही–७ का जनकल्याण सामुदायिक सिकाइ केन्द्रलाई २ थान लैपटप , १ थान प्रिन्टर , १ थान प्रोजेक्टर र एक थान कैमराका दरले प्रति सिकाइ केन्द्रलाई सहयोग गरिएको ठाकुरले जनाए । स्थानीय तहहरुमा संचालनमा रहेका सिकाइ केन्द्रहरुलाई चलायमान बनाउने तथा प्रविधि मैत्री बनाउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको छ । गाउंमा बालिकाहरुलाई शिक्षामा थप टेवा पुग्ने विश्वास सहयोगी सस्थाको रहेको छ ।
यसै गरी युनेस्कोद्वारा सर्लाही जिल्लाका हरिवन नपाको चतुर्भुजेश्वर सामुदायिक सिकाइ केन्द्र र गोडैता नपा–५ का अभियान नेपाल सामुदायिक सिकाइ केन्द्रलाई समेत सामग्री उपलव्ध गरिएको उनले जानकारी दिए । सामग्री हस्तान्तरण कार्यक्रममा सम्वन्धित पालिकाका नगर प्रमुख ,वडाका वडाध्यक्ष , नगर शिक्षा संयोजक सहित राजनीतिक दलका प्रतिनिधि ,बुद्धिजीवीहरुको उपस्थति रहेको सहयोगी सस्थाले जानकारी दिएका छन् ।