अपडेट 
२०७८ मंसिर १७, शुक्रबार १२:०२

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार विहान नतिजा सार्वजनिक गरेको हो ।

बाेर्डका प्रवक्ता जंगबहादुर अर्यालका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन् । ४८ हजार २ सय ३९ जनाले ए ग्रेड ल्याएका छन् । त्यस्तै बी प्लस ल्याउनेमा ७० हजार १ जना परीक्षार्थी छन् । बी ग्रेड ल्याउनेमा ९९ हजार ५ सय ३७ छन् ।

७५ हजार ८८ जना परीक्षार्थीले सी प्लस ग्रेड ल्याएका छन् । सी ल्याउनेमा २४ हजार ५ सय १५ जना छन् । डी प्लस ल्याउनेमा ३ हजार ८ सय ७५ परीक्षार्थी छन् भने डी प्लस ल्याउनेमा २ सय ९६ जना छन् । १० हजार ७३ परीक्षार्थीले इ ल्याएका छन् ।

रिजल्ट हेर्न NEB लेख्ने, एक स्पेस लिएर सिम्बाेल नम्बर राख्ने अनि १६०० मा एसएमस गर्न सकिने छ । वेब पेजमार्फत हेर्नका लागि https://www.ntc.net.np/ मा गएर सिम्बाेल नम्बर र जन्म मिति राखेर सर्च गर्दा पनि रिजल्ट थाहा पाउन सकिने छ । अथवा ल्याण्ड लाइनबाट १६०१ डायल गरी दिइएकाे निर्देशनअनुसार रिजल्ट बुझ्न सकिन्छ ।

Comment


Related News

Latest News

Trending News