अपडेट 
२०७८ मंसिर १७, शुक्रबार १७:३२

नेपालमा शुक्रबार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ४ सय पिसिआर परिक्षणका क्रममा २ सय २३ जना र १ हजार ४ सय ३६ एन्टीजेन परिक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १७ हजार ७ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको ज्यान गएको छैन । नेपालमा कोरोना कारण ११ हजार ५ सय ३५ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय ४७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ३ हजार ७ सय १६ जना निको भएका छन् । हाल नेपालमा ६ हजार ९ सय २१ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News