२०७८ मंसिर १७, शुक्रबार १८:०१

सप्ताहव्यापी रुपमा मनाइने विश्व प्रसिद्ध रामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि सुरु भएको छ ।

भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरुप प्रत्येक वर्ष धुमधामसँग विवाहपञ्चमी महोत्वस मनाईन्छ । सप्ताहव्यापी रुपमा मनाईने कार्यक्रमहरु अन्तर्गत आज जनकपुरधाम नगर दर्शन गरिएको छ भने १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामकलेवा हुनेछ ।

विवाहपञ्चमी महोत्सव हेर्न भारत लगायत देश विदेशबाट श्रद्धालु एवमं पर्यटकहरुको घुँईचो लाग्ने गर्दछ ।

Comment


Related News

Latest News

Trending News