२०७८ मंसिर १७, शुक्रबार १८:११

नेपाली काँग्रेस प्रदेश २ का सभापतिमा कृष्णा यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

रौतहटका जिल्ला सभापति समेत रहेका यादवले शुक्रवार जनकपुरधाममा एक पत्रकार सम्मेलनको आयोजना गर्दै देउवा समुहबाट आफु उम्मेदवारी दिने घोषणा गरेका हुन् । शेरबहादुर देउवाको समुहबाट सर्वसम्मत रुपमा उम्मेदवारी दिन लागेको यादवले बताए ।

कृष्णा यादव प्रदेशसभापतिका आकांक्षी महोत्तरीका जिल्ला सभापति महेन्द्र यादव, सप्तरीका सभापति दिनेश यादव, र रौतहटका सभापतिसँग सहमतीको आधारमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

केहि दिन पहिला मात्रै निधि पक्षबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका रामसरोज यादवले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

Comment


Related News

Latest News

Trending News