अपडेट 
२०७८ मंसिर १७, शुक्रबार १८:५४

धनुषाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले विद्यार्थीसँग अवैधानिक रुपमा रकम असुलेको पाइएको छ ।

जिल्लाको मिथिला विहारी नगरपालिका वडा नम्बर–३ मिथिलेश्वर मौवाहिस्थित श्री माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूसँग प्रधानाध्यापक लालबाबु यादवले अवैधानिक रुपमा रकम असुलेका हुन् ।

प्रदेश २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत सामुदायिक विद्यालयहरुमा निःशुल्क रूपमा साइकल पाउनुपर्नेमा सो विद्यालयका प्रधानाध्यापक यादवले साइकल वितरण नै नगरि करीब ७ महिनाअघि ५३ जना छात्राको अभिभावकसँग प्रतिछात्रा ३ सय रुपैयाँ असुलेका छन् ।

विद्यालयले असुलेको उक्त रकमको कुनै रसिद समेत नदिएको कक्षा ९ मा अध्ययनरत छात्रा प्रिति कुमारी दासले बताइन् । उनले भनिन्,‘प्रधानाध्यापक यादवले साइकलवापत छात्राहरुसँग ३ सय रुपैयाँ लिएको ७ महिना भईसक्यो तर, अहिलेसम्म हामीलाई साइकल दिनुभएको छैन् ।’

त्यस्तै, सोही कक्षामा अध्ययनरत सुहाना खातुनले भनिन्,‘आफूहरु कक्षा ८ मा पढिरहेकै बेला प्रधानाध्यापक यादवले साइकल दिने भन्दै प्रतिबिद्यार्थी ३ सय रुपैयाँ लिएका थिए । तर, हामी अहिले कक्षा ९ मा आइसक्दासमेत साइकल पाएका छैनौं ।’

दिवा खाजामा विद्यालउ व्यवस्थापनको चरम लापरबाही

विद्यालयद्वारा विद्यार्थीलाई दिने गरिएको दिवा खाजामा विद्यालय व्यवस्थापानले चरम लापरबाही गरेको देखिएको छ । विद्यालयले दिवाखाजाको नाममा बासी खिचडी दिने गरेको पाईएको छ । विद्यार्थीहरुले सो बासी खिचडी खाँएर विसन्चो भएको र कतिपय विद्यार्थीलाई तत्कालै वान्ता समते भएको बिद्यार्थी स्वमले गुनासो गरेको छन ।

कक्षा ३ मा अध्ययनरत छात्र हामिद राईनले शिक्षक शिक्षिकाहरु आफै ताजा खाजा पकाएर खानेगरेपनि बिद्यार्थीलाई भने बासी खाजा खुवाईरहेको बताए । ‘३ घण्टी पढाएर नै विद्यालयमा छुट्टी भईहाल्छ,’उनले भने,विद्यालयमा पढाई पनि राम्ररी हुँदैन् ।

विद्यालयका प्रधानाध्यापक यादवले विद्यालयमा समय–समयमा आफ्नो मनोमानी गर्दै आएको स्थानीय यूवा संजय ठाकुरको आरोप छ । उनले प्रधानाध्यापक लालबाबु यादवले विद्यालयमा पठनपाठन नगराई राजनीति गर्ने अखडा बनाएको र विद्यार्थीको भविष्यसँग खोलवाड गर्ने प्रवृति उनमा हावी भएको आरोप लगाए ।

विद्यालयलाई राजनीतिको अखडा बनाइ शिक्षास्तर धारासायी बनाएका उनले विगत ५ वर्षदेखि स्कुलको हरहिसाबसमेत हालसम्म विभिन्न बहाना र विभिन्न राजनीतिक संरक्षणका कारण पारदर्शी नगरेको संजयको आरोप छ ।

गाउँका भद्रभलाद्मीले विगत ५ वर्षदेखि हरहिसाब माग्दा उनले पटक पटक समय मात्र दिने गरेको र दबाब बढाएपछि गत असोज ११ गते लिखित सम्झौताअनुसार कात्तिक २३ गते सम्पूर्ण हरहिसाब सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि कात्तिक ५ गते वार्षिक प्रतिवेदन मात्र प्रस्तुत गरेको ठाकुरले बताए ।

त्यसपश्चात उनको विरोध गर्दा उनले दुई दिनभित्र हरहिसाब सार्वजनिक गर्ने बताए पनि पछि एक महिनासम्म बिरामी बिदा लिएर घर बसेको संजयले बताए । बिरामी बिदा लिएर घर बसेका प्रधानाध्यापक यादव कात्तिक महिनाभर गायब भएको उनको गुनासो छ । उनको क्रियाकलापदेखि रुष्ट बनेका केही शिक्षकलाई उनका समर्थक शिक्षकहरूले अभिभावकलाई धाक धम्की र दबाबसमेत दिएको बताइएको छ । विद्यालयमा करिव १ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् ।

यस सम्बन्धमा प्रधानाध्यापक यादवले मुख्यमन्त्री कार्यालयबाट सो विद्यालयका लागि अहिलेसम्म साइकल उपलब्ध नगराईएको बताए । उनले विद्यालयलाई अन्य कुनै आम्दानीको स्रोत नरहेकोले आपसि सहमतिकै आधारमा छात्राहरुको अभिभावकसँग साइकल ढुवानी खर्चको नाममा प्रतिबिद्यार्थी ३ सय रुपैयाँ लिएको स्विकार गरेका छन् । बासी खाजाको बारेमा आफूलाई कुनै जानकारी नरहेको भन्दै उनी पन्छिन खोजेका छन् भने विद्यालयकै एक जना शिक्षकले, बासी खाजा भूलचुक बस विद्यार्थीलाई दिएको बताए ।

Comment


Related News

Latest News

Trending News