२०७८ मंसिर १८, शनिबार ०७:५१

जनकपुरधाम । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशनमा कांग्रेस सभापति शेरवहादुर देउवा र उप–सभापति विमलेन्द्र निधि समूह बीच प्रतिस्पर्धा हुने भएको छ ।

सभापतिकालागि बिहीवारसम्म चार उम्मेदवार रहे पनि शुक्रवार तीन उम्मेदवार देखिएका छन् । विहीबारसम्म प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री राम सरोज यादव, महोत्तरीका महेन्द्र राय, सप्तरीका दिनेश यादव र रौतहटका कृष्णा यादवको नाम चर्चामा थियो । तर, शुक्रवार प्रदेश २ का मन्त्री यादव, रौतहटका कृष्णा यादव र रञ्जित कर्ण उम्मेदवारका रुपमा देखिएका हुन । यस अघि मन्त्री यादव प्रारम्भमानै उम्मेदवारी घोषणा गरिसकेका थिए भने कृष्णा यादव र रञ्जित कर्णले शुक्रवार उम्मेदवारी घोषणा गरेका छन् । मन्त्री यादवलाई निधि समूह लगायत पौडेल र कोइराला समूहको समेत समर्थन रहेको छ भने कृष्णा यादवलाई शेरवहादुर देउवा समूहको समर्थन छ । हुनत कर्ण कोइराला समूहमा भए पनि उनी स्वतन्त्र रुपमा प्रदेश २ का सभापतिकालागि उम्मेदवारी घोषणा गरेका छन् । यता, प्रदेश प्रतिनिधिहरुको नाम दर्ता गर्ने कार्य शुक्रवार स्थगित गरिएको छ । प्रदेश २ का ८ वटै जिल्लाबाट प्रतिनिधिहरुको नामावली नआएको भन्दै दर्ता कार्यलाई स्थगित गरिएको छ । पार्टी स्रोतका अनुसार शनिवार सम्म अन्तिम नामावली आइ सक्नेछ । त्यसपछि प्रतिनिधिहरुको नाम दर्ता गर्ने कार्य हुने जनाइएको छ । प्रतिनिधिहरुको अन्तिम नामावली नआएका कारण उम्मेदवारी मनोनयन समेत प्रभावित भएको छ ।

शनिवार विहानै अन्तिम नामावली आए शनिवारनै नभए आइतवार उम्मेदवारहरुको मनोनयन दर्ताको कार्य हुने जनाइएको छ ।

https://www.youtube.com/watch?v=xNBK3xiGYD4

Comment


Related News

Latest News

Trending News