२०७८ मंसिर १८, शनिबार ०८:०३

सीताराम विवाह महोत्सव शुक्रवारदेखि जनकपुरधाममा विधिवत्रूपले शुभारम्भ भएको छ । सात दिवसीय यस महोत्सव अन्तर्गत शुक्रवार पहिलो दिन नगर दर्शन कार्यक्रम सम्पन्न भएको छ । नगर दर्शनमा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालकलाई जानकी मन्दिरको प्राङ् गणबाट मिथिलानगर परिक्रमा गराइएको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशनदास वैष्णवले जानकारी दिएका छन् ।

नगर दर्शन हेर्न जानकी मन्दिरमा श्रद्धालु भक्तजनले राम र लक्ष्मणलाई फूल बर्षाएर स्वागत गरेका थिए । शुक्रवारदेखि सुरु भएको महोत्सव मङ्सिर २३ गतेसम्म चल्नेछ । महोत्सव अन्र्तगत शनिबार फूलबारी लीला, मङ्सिर १९ गते धनुषयज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयम्बर तथा विवाह र २३ गते रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ । मङ्सिर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष विवाह महोत्सव भव्यरुपका साथ मनाइने गरिन्छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् । यो महोत्सवमा नेपाल र भारतलगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँदै आएका छन् । त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयम्बरका लागि राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको सम्झनामा यस महोत्सवको आयोजना हुँदै आएको महन्थ रामतपेश्वर दास वैष्णव बताउँछन् । गोस्वामी तुलसी दासको रामायण अनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको सो स्वयम्बरमा ३३ कोटी देवी देवताको उपस्थिति थियो । सीतालाई छोरी वा बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।

यस महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाइलगायत अन्य धर्मावलम्बी पनि सामेल हुँदै आएका छन् । महोत्सवका क्रममा मिथिलाको संस्कृतिअनुसार तिलकोत्सव, मटकोर, स्वयम्बर र विवाह संस्कार पनि हुने गरेको छ । पौराणिक व्यवस्थाअनुसार राममन्दिरबाट बाजागाजा र झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोलामा राखी रङ्गभूमि पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीताको प्रतिमालाई सुसज्जित डोलामा राखी रङ्गभूमिमा पु¥याइन्छ । रङ्गभूमिमा स्वयम्बरका साथै वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिन्छ । अयोध्याबाट जन्ती नआउने महोत्सवमा भारतको अयोध्याबाट जन्ती आउने गरेकामा केही वर्षदेखि रोकिएको र यस वर्ष पनि नआउने भएको छ । विधि पु¥याउनका लागि भने केही साधुसन्त तथा महन्थ आउने महन्थ दासले जानकारी दिएका छन् । कोरोना सङ्क्रमण फैलिएदेखि अयोध्याबाट विवाह महोत्सवमा जन्ती आएका छैनन् । जनकपुरधाममा हुने विभिन्न महोत्सवमध्ये सबैभन्दा ठूलो महोत्सवका रूपमा रामजानकी विवाह महोत्सवलाई लिइन्छ । विगत दुई वर्ष कोरोनाले महोत्सवलाई पनि असर पारेकामा यस वर्ष भने केही सहज हुने विश्वास गरिएको छ । महोत्सवको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महोत्सवका तयारीकालागि जुट्न सरोकार निकायलाई निर्देशन दिएका छन् ।

बुधबार प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका, जानकी मन्दिर एवं सुरक्षा निकायका प्रमुखसहितको संयुक्त बैठकमा उनले यो महोत्सव प्रदेशको धरोहर भएकाले यसलाई भव्य र सभ्य बनाउन सबै निकायलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री राउतले सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन सुरक्षा निकायलाई निर्देशन दिँदै आवश्यक सहयोग प्रदेश सरकारले पनि गर्ने प्रतिबद्धता जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News