२०७८ मंसिर १८, शनिबार ०८:१२

जनकपुरधाम । नेपाल एसबीआई बैंक लिमिटेड जनकपुरधामले जानकी मन्दिरलाई सफाइ उपकरण सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर व्यवस्थापनलाई १२ वटा डस्टबीन प्रदान गरेको छ । यस अवसरमा बैंकले जानकी मन्दिरमा क्युआर कोड र पीओएस मेसिन हस्तान्तरण तथा जडान गरेको छ ,जसले स्वदेशी तथा विदेशी तीर्थयात्रीहरूबाट डिजिटल माध्यमबाट चन्दा प्राप्त गर्न सकिने जनाइएको छ । डिजिटल डोनेशन स्थापना गर्नाले डिजिटल दान गर्न चाहने लाखौं स्वदेशी तथा विदेशी आगन्तुकहरूलाई सहज हुने बैंकको विश्वास छ ।

Comment


Related News

Latest News

Trending News