२०७८ मंसिर १८, शनिबार २०:१४

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले जानकी मन्दिर विश्व सम्पदामा सूचिकृत हुने बताएका छन् ।

मन्त्री आलेले जानकी मन्दिर विश्व सम्पदामा सूचिकरणका लागि प्रयास सुरु भइसकेको बताए । श्रीराम जानकी विवाह उत्सव-२०७८ का अवसरमा मिथिला संस्कृति समाज नेपालद्वारा आयोजित कार्यक्रममा मन्त्री आलेले यसअघि पनि जानकी मन्दिरलाई विश्व सम्पदामा सूचिकरण गर्ने प्रयास भएपनि आफू मन्त्री भएपछि यस कार्यलाई तीव्रता दिएको बताएका छन् ।

‘जानकी मन्दिरको इतिहास पशुपतिनाथभन्दा पूरानो रहे पनि विश्व सम्पदामा सूचिकृत हुन नसक्दा हाम्रो एउटा धरोहर नै गुमेको जस्तो भएको छ, अब केही समयमै जानकी मन्दिर विश्व सम्पदामा सूचिकृत हुनेछ’, उनले भने, ‘म मन्त्री भएको दिनदेखि नै यस कार्यलाई तीव्रता दिएको छु ।’

Comment

Related News

Latest News

Trending News