सप्ताहव्यापी रुपमा मनाइने विश्व प्रसिद्ध रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला सम्पन्न भएको छ ।
फूलबारी लीलामा फुलबारीमा भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडी बालबालिकालाई विवाहमण्डप प्रांगणमा रहेको फूलबारीमा घुमाइएको छ ।त्रेतायुगमा भगवान राम र लक्ष्मण जनकपुरधाम आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसंग फूल टिप्न आएकी जानकीसंग पहिलो भेट भएको धार्मिक विश्वास रहेकोमा विवाहपञ्चमी महोत्सवको आज दोस्रो दिन फूलबारीमा घुमाउँदै राम लक्ष्मण र सीताको भेटघाट गराउने गरिन्छ । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरुप परापूर्वकालदेखि नै यहाँ धुमधामसँग विवाहपञ्चमी महोत्वस मनाउने गरिन्छ ।
यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन, आज शनिबार फूलबारी लीला, १९ गते आइतबार धनुष यज्ञ, २० गते सोमबार तिलकोत्सव, २१ गते मंगलबार मटकोर, २२ गते बुधबार स्वयंवर तथा विवाह र २३ गते बिहीबार रामकलेवा विधिको कार्यक्रम आयोजना गरिन लागिएको हो ।
https://www.youtube.com/watch?v=J07BBJrH2xM