अपडेट 
२०७८ मंसिर १९, आईतवार ०८:१३

जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले प्रजातन्त्र सेनानी शुभनारायण साहलाई राज्यले अहिले पनि उपेक्षा गरेको गुनासो गरेका छन् ।

जनकपुरधाम उप– महानगरपालिकाद्वारा मिल्सएरिया स्थित शुभ चोकमा पुर्ननिर्माण गरिएको प्रजातन्त्र सेनानी साहको शालिक अनावरण तथा उद्घाटन समारोहलाई सम्वोधन गर्दै उनले राज्य सत्तावाट अहिले पनि उनी उपेक्षित रहेकोको भन्दै दुःख व्यक्त गरे । शुभनारायणको जीर्ण स्मारकलाई आज पूनः निर्माण गरी आपूm धेरै खुशी भएको बताउँदै मेयर साहले राज्यको नेतृत्व गर्ने खसवादी मानसिकताका शिकार भएकाले उनलाई स्मरण गर्न पनि लजाउनेहरु धेरै रहेको भन्दै आक्रोश पोखेका थिए । उनले भने–‘विपी कोइराला, सरोज कोइराला, दुर्गानन्द झा लगायत संग शुभनारायणको नाम नआउनु राज्यसत्ता पक्षको खसवादी मानसिकता हो ।’ अहिले सरकार तीन तहको भए पनि प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्यहरु भन्दा बढी आकांक्षा स्थानीय सरकार प्रमुख संग राखेको प्रति खुशी व्यक्त गरेका थिए । उनले प्रतिनिधिसभा सदस्य यहाँवाट बिजयी भएका छन्, प्रदेश सभा सदस्य पनि विजयी भएका छन् तर, उनीहरुलाई जनताले त्यति महत्व नदिएको भन्दै स्थानीय सरकार संग आक्रोशित हुनु वा अपेक्षा राख्नाले मेरो कार्यशैलीमा समेत उर्जा प्रदान गर्ने गरेको बताए । तत्कालीन राजपामा हुँदा यहाँ भौतिक पूर्वाधार मन्त्री थिए तर, जनकपुरधामको विकासकालागि के कति बजेट दिएका छन् भन्न चुनौती दिएका थिए ।

बोल्न र गर्नुमा फरक हुन्छ तर, यहाँ बोलिनै बिक्ने गरेको भन्दै उनले प्रतिनिधिसभा सदस्य राजेन्द्र महतो र प्रदेश सभा सदस्य परमेश्वर साह तिर इङ्गित गर्दै भने–‘यहाँको विकास निर्माणमा के कति योगदान दिनु भएको छ ?’ विकास निर्माणकालागि जनकपुरधामवासीले आफ्नो करोडौंको जग्गा र घर भत्काइ सडकमा निःशुल्क दिएर ठूलो योगदानको कदर गर्नुनै पर्छ त्यसमा कसैले कुनै संकोच नगरे हुने उनले बताए । करिव ६ महिना भन्दा बढी आफ्नो व्यवसायलाई बन्द गरी जनकपुरधाम बनाउन दिएको योगदानलाई एरोप्लेनमा बसेर कहिल्यै यता कहिल्यै उता गर्नेलाई के थाहा भन्दै प्रश्न गरेका थिए । उनले राज्य सत्ताको मानसिकताले जनकपुरधाम अहिले पनि पछाडि रेहको बताएका थिए । उनले भने–‘आइयुडीपीले नेपाल भरिमा ६ स्थानमा सञ्चालनमा थियो, केही समय थपेर जनकपुरधामको कार्य सबै भन्दा पहिला सम्पन्न गरेर दियौं तर, सवै ठाउँमा थप कार्यकोलागि समयावधि संगै बजेट पनि थपियो जनकपुरधामको थपिएन् ।’ उनले जनकपुरधाम माता सीताको संस्कारवाट चल्ने हुँदा पनि यहाँ केही कुसंस्कारीहरुको प्रकोप बढ्दै गएको बताए । उनले भने–‘संस्कारहीन समाजको निर्माणमा केही कुतत्वहरु लागेको छ तर, त्यसवाट समाजलाई सचेत हुनु जरुरी छ ।’

https://www.youtube.com/watch?v=J07BBJrH2xM

Comment


Related News

Latest News

Trending News