२०७८ मंसिर १९, आईतवार ०८:२४

बारा । बारा जिल्लामा नेपाली कांग्रेसको क्षेत्रीय अधिबेशनमा चार वटै निर्वाचन क्षेत्रमा देउवा पक्षधरले विजय प्राप्त गरेको छ ।

विभिन्न ठाउंमा सर्वसम्मतमै अधिवेशन भइरहंदा जिल्लाको चार वटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनमा निर्वाचनकै माध्यमले निर्णय भएको हो । मत परिणाम अनुसार क्षेत्र नं १ मा क्षेत्रीय सभापतिमा विजय शंकर यादव विजयी भएका छन् भने क्षेत्र नम्बर २ मा रामप्रवेश यादव, क्षेत्र नम्बर ३ मा प्रभात चौरसिया र क्षेत्र नम्बर ४ मा सुनिल गुप्ता सभापतिमा निर्वाचित भएका हुन् । विजयले १ सय ४ मत बढी ल्याएर राम प्रसाद चौधरीलाई पराजित गरेका छन् । क्षेत्र नं १ मा ६ सय ४२ खसेको थियो । सो मध्ये ३ सय ५८ उनले प्राप्त गरेका छन् भने २ सय ५४ मत चौधरीले प्राप्त गरेका छन् । त्यस्तै क्षेत्र नं २ मा क्षेत्रीय सभापतिमा रामप्रवेश यादवले ६३ मत बढी प्राप्त गरी महागढीमाई नगरपालिकाको नगर प्रमुख समेत रहेका उपेन्द्र यादवलाई पराजित गरेका छन् । उनले कूल ३ सय ७६ मत प्राप्त गरेका छन् भने नगरप्रमुख यादवले ३ सय १३ मत प्राप्त गरी पराजित भएका छन् । त्यस्तै क्षेत्र नं ३ को क्षेत्रीय अधिवेशनमा क्षेत्रीय सभापतिमा प्रभात कुमार चौरसिया निर्वाचित भएका छन् । क्षेत्र नं ३ मा खसेको ५ सय ५८ मध्ये सभापतिमा निर्वाचित चौरसियाले ३ सय २ मत ल्याए । उनको प्रतिपक्षी मुकेश कुशवाहाले २ सय ९१ मत ल्याएर पराजित भएका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं ४ मा सुनिल गुप्ता निर्वाचित भएका छन् । गुप्ताले ६७ मत बढी ल्याएर लालबाबु सिंह लाई पराजित गरेका छ्न । क्षेत्र नं ४ मा ५ सय ३ मत खसेको थियो । गुप्ताले २ सय ८३ मत प्राप्त गरेका छन् भने प्रतिपक्षी सिंहले २ सय १९ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसको क्षेत्रीय समितिको लागि शुक्रबार मतदान भएको थियो । महाअधिवेशन प्रतिनिधिमा क्षेत्र नम्बर १ बाट उपेन्द्र जयसवाल, रामनरेश कान्त कुशवाहा, चन्द्रशेखर यादव, शैलेन्द्र फौजदार, सिकेन्द्र पासवान, रामकान्त साह, यमूना गुप्ता, कृष्ण बहादुर, भाईकाजी श्रेष्ठ, पद्म बहादुर भण्डारी, बिष्णु खड् का, शम्भु बहादुर बुढाथोकी, राजेन्द्र प्रसाद ढोडारी, अमिर लामा मोक्तान, पुनम देवी यादव, राजमति देवी, कोसिला कुमारी चौधरी, रहमान मियां अंसारी, विक्रमराज लामबुन बढई, रामकुमारी गोले, सीता मैनाली, सुगानधी देवी धानुक मण्डल बिजयी भएको नव निर्वाचित क्षेत्रीय सभापति यादवले जानकारी दिए ।

https://www.youtube.com/watch?v=J07BBJrH2xM

Comment


Related News

Latest News

Trending News