२०७८ मंसिर १९, आईतवार ०८:२८

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा.सुबोधकुमार गुप्ताले विद्युतको मूल्य धेरै रहेकोले उद्योगी व्यवसायीहरु मारमा परेको गुनासो गरेका छन् ।

शनिबार वीरगञ्जमा आयोजित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंग संगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो गुनासो गरे । अध्यक्ष डा.गुप्ताले नेपालमा विद्युतको प्रति युनिट मल्य दक्षिण ऐशियाका अन्य मुलुकभन्दा बढी भएको जिकिर गर्दै वर्षो पुराना विद्युत पूर्वाधारको कारण यस क्षेत्रको औद्योगिककरणको गतिलाई अवरुद्ध गरेको बताए । गुणस्तरीय विद्युतको आपूर्तिका साथै समय समयमा विद्युत ट्रिपिङ्गले समेत समस्या सृजना गरि रहेकोले यसलाई शिघ्र व्यवस्थापन गर्नुपर्ने माग समेत उनले गरे । ट्रान्समिशन लाईनहरुको मर्मत सम्भार र नयां ट्रान्समिशन लाईन जडान गर्दै उज्ज्यालो नेपालमा भइ राख्दा हामीले हाम्रो विद्युत निर्यात गर्ने तर्फ समेत कार्ययोजना अघि बढाइ मुलुकका सामु विद्यमान काहालि लाग्दो व्यापार घाटालाई समेत न्यून गर्नु पर्ने तर्फ प्रमुख अतिथि कार्यकारी निर्देशक कुलमान घिसिङ्गको ध्यानाकर्षण गराएका थिए । अध्यक्ष डा. गुप्ता सहित कार्यक्रम सहभागीहरुको जिज्ञासाको जवाफ दिंदै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले गुणस्तरीय विद्युत आपूर्ति हेतु आवश्यक पूर्वाधार, ट्रान्समिशन लाईन, ३३ केभिए लाईनलाई १ सय ३२ केभिएमा परिवर्तन गर्ने र विद्युतको माग भए बमोजिम विद्युत सप्लाई गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुलुकमा ६० प्रतिशत विद्युत आपूर्तिलाई ९० प्रतिशतमा पु¥याएका बताउदै नेपालमा अहिले पनि कतिपय ठाउंमा २४ औं घण्टा लोडसेडिङ्ग रहेकाहरुलाई पनि विद्युत आपूर्ति गर्ने नेपाल विद्युत प्राधिकरणको अबको नयां च्यालेन्ज रहेको उनले बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर २ का अध्यक्ष गणेशप्रसाद लाठ, सङ्घका पूर्व अध्यक्ष प्रदीपकुमार केडिया, सङ्घका उपाध्यक्ष माधव राजपाल, नेपाल विद्युत प्राधिकरण प्रदेश नं. २ प्रमुख, नेपाल विद्युत प्राधिकरण वीरगञ्जका प्रमुख सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार,सङ्घका कार्यसमिति सदस्य, वरिष्ठ उद्योगी व्यवसायीका हरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News