अपडेट 
२०७८ मंसिर १९, आईतवार ०८:३७

सर्लाही । आदर्श महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

गोडैता नगरपालिका–५ बगदह अन्तर्गत गोडैता नपा–६ मा संचालित सहकारीको शनिबार साधारणसभा सम्पन्न भएको हो । सभामा संस्थाका व्यवस्थापक एवं प्रबन्धक रासनारायण राउतले आ.व. २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन तथा संस्थाको गतिविधि प्रस्तुत गरेका थिए । उनले सहकारीको आर्थिक वर्ष ०७७/०७८ सम्ममा १ करोड ६४ लाख ४८ हजार ७ सय १८ रुपैया कर्जा लगानीबाट बृद्धि भइ कर्जा लगानी बांकी २ करोड ३७ लाख २५ हजार ६ सय ७३ रुपैया देखिएको जुन गतवर्षको तुलनामा ६९.३२ प्रतिशतले वृद्धि भएको र आ.व ०७७/०७८ सम्म सेयर पुँजी २० लाख ८७ हजार ३ सयबाट वृद्धि भएर २७ लाख ४४ हजार १ सय पुगेको जुन गत वर्षको तुलनामा ३१.४६ प्रतिशतले वृद्धि भएको जानकारी दिए । यसैगरी सोही आ.व सम्म निक्षेप रकम २९ लाख ४० हजार २ सय ८७ रुपैयाबाट वृद्धि भइ ४३ लाख ८३ हजार ९६ रुपैया पुगेको जुन ४९.७ प्रतिशतले वृद्धि भएको छ । संस्थाको वासलात पनि वृद्धि भएर ६८.२६ प्रतिशतमा पुगेको छ । संस्थाले आ.व २०७६/०७७ मा आयकर पछिको मुनाफा ४ लाख ५ हजार ४ सय १२ रुपैया तथा आ.व ०७७/०७८ मा ७ लाख ५३ हजार ८ सय २२ रुपैया खुद बचत गरेको छ ।

संस्थाले गतवर्ष ८५.९३ प्रतिशत शेयर लाभांश वितरण गरेको प्रबन्धक राउले बताए । श्री बेणी भोला नमूना माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न भएको सभामा संस्थाका अध्यक्ष सुभद्रा देवी, आर.आर.पि.के मलंगवाका कार्यकारी निर्देशक शिवजी प्रसाद साह, गोडैता नपाका मेयर देवेन्द्र कुमार यादव,प्रेरणा परियोजना मलंगवाका कार्यालय प्रमुख मुकेश झा र साकोस सिसौटका अध्यक्ष हरिन्द्र राउत, सेन्चुरी बैंक गोडैता शाखाका अरविन्द देवकोटा,हाम्रो महिला साकोसका व्यवस्थापक मोती प्रसाद श्रेष्ठ ,साझा विकास साकोसका लालबाबु ठाकुर,साना किसान बरहथवाका प्राविधिक राम प्रसाद राय लगायत संचालक समिति तथा लेखा समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News