२०७८ मंसिर १९, आईतवार ०८:३९

राजविराज । जिल्लाको राजविराजमा योग शिविर संचालन गरिएको छ ।

राजविराज जेसीजले जेसीज सप्ताह २०२१ अन्तर्गत पाचौं दिन जेसीज भवनमा शनिबार बिहान योग शिविर संचालन गरेको हो । ‘योग गरौं स्वस्थ्य रहौं’ नाराका साथ आयोजना गरिएको शिविरको मुख्य उद्देश्य सहभागीहरुलाई योगबारे जानकारी दिनु रहेको योग प्रशिक्षक पंकज देवले बताए । अहिले अस्तव्यस्त युगमा योगले नै तन र मनलाई शान्ति प्रदान गर्ने महत्वपूर्ण अभ्यास रहेको जानकारी उनले गराए । सो शिविरमा पतन्जली योग समिति प्रदेश २ का मन्त्री अमित कुमार साह, योग गुरु बद्रीराज भण्डारी, पतञ्जली योग समिति सप्तरीका अध्यक्ष राम स्वरुप चौधरी, राजविराज जेसीज वर्ष २०२१ का अध्यक्ष सिद्धार्थ तातेड, कोषाध्यक्ष उज्ज्वल काबरा, कार्यकारी उपाध्यक्षद्वय मनिष दास र रन्जना चौधरी, उपाध्यक्षद्वय पंकज देव, रवि राय र खेलानन्द दास तथा कार्यक्रम संयोजक सुनित मिश्रा को सहभागिता रहेको थियो ।

Comment

Related News

Latest News

Trending News