२०७८ मंसिर १९, आईतवार १६:२५

प्रदेश २ सरकारले विवाह पञ्चमीको अवसरमा बुधबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । शुक्रबारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सवअन्तर्गत बुधबार वैवाहिक कार्यक्रम रहेको दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेको सरकारी तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सवको उपलक्ष्यमा मंगलबारदेखि बिहीबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिए ।

आइतबार शाखा प्रमुख यादवले एक सूचना जारी गर्दै विवाह पञ्चमीको मेलाका कारण हुने भीडभाडलाई मध्यनजर गर्दै पालिकाभित्र रहेका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरुलाई मंसिर २१ देखि २३ गतेसम्म बन्द गर्ने निर्णय भएको जनाएका हुन् ।

https://www.youtube.com/watch?v=J07BBJrH2xM

Comment


Related News

Latest News

Trending News