२०७८ मंसिर २०, सोमबार ०७:०६

कांग्रेस प्रदेश २ को अधिवेशन जनकपुरधाम ।नेपाली अनिश्चितकालका लागि स्थगित भएको छ ।

आईतबार बसेको केन्द्रीय सदस्यहरु समेतको उपस्थिति रहेको निर्वाचन समितिको बैठकले केही जिल्लामा क्षेत्रीय अधिवेशन हुन नसकेको र सर्लाहीमा वडा अधिवेशन समेत नभएकाले प्रदेश अधिवेशनलाई स्थगित गरिएको बताइएको छ । प्रदेश २ को सर्लाहीमा वडा अधिवेशन नै भएको छैन् ।महोत्तरी, सप्तरी, रौतहट र बारा जिल्लामा पनि विवाद छ ।८ जिल्ला मध्ये ३ जिल्लामा क्षेत्रीय प्रतिनिधिको छनौट भएको छ ।जिल्ला अधिवेशन कुनै जिल्लामा हुन सकेको छैन् । प्रदेश २ मा शीर्ष नेताहरुलेपनि जिल्ला र प्रदेशको चुनाव सार्न चाहेका थिए ।प्रदेश २ बाट सभापतिका प्रत्याशी विमलेन्द्र निधिलाई प्रदेश चुनाव घाँडो बनेको थियो ।महाधिवेशनपछि प्रदेश र जिल्ला चुनावमा उनी अब पर्याप्त खेल्ने अवसर पाएका छन् । प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका प्रत्याशीहरु महाधिवेशनमा नेताहरुको पक्षमा खुले संकटमा पर्न सक्ने छ ।संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गरेका कृष्णा यादवका लागि प्रदेश अधिवेशन स्थगन घाँडो भएको छ । सभापतिमा देउवा नै पूनःनिर्वाचित भए उनलाई त सहज हुन सक्छ ।तर देउवा पराजित भए उनलाई संकट हुने निश्चित छ । उम्मेदवारी घोषणामा रामसरोज यादवले सतर्कता अपनाएका छन् ।  उनले कुनै समूहको पक्षबाट नखुलेका यादवलाई महाधिवेशनपछि पनि धेरै समस्या नहुन सक्छ ।

सभापतिका प्रत्याशीहरुले भने प्रदेश नेतृत्वको चयनका लागि प्रक्रिया अगाडि बढाउन जोड दिएका थिए । यसैबीच सर्लाही जिल्लामा वडा अधिवेशन सोमबार गराउने जिल्ला निर्वाचन समितिले सूचना जारी गरेको छ ।सभापति शेरबहादुर देउवाले सर्लाहीमा धाँधली गरेको आरोप लगाउँदै क्षेत्रीय प्रतिनिधि छनौटको प्रक्रिया अगाडि बढाउन सांसद अमरेश सिंहले माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News