अपडेट 
२०७८ मंसिर २०, सोमबार ०७:११

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका अन्तर्गतको माध्यमिक विद्यालय मिथिलेश्वर मौवाहीका प्रधानाध्यापक लालबाबु यादवलाई कार्यकक्षमै अभद्र व्यवहार गरिएको विरोधमा नेपाल शिक्षक महासंघ आन्दोलन गर्ने भएको छ ।

घटना प्रति नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समितिले भत्र्सना गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ । समितिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मंसिर १३ गतेको दिन स्थानीय अमर महासेठको नेतृत्वमा आएको पांच जनाको समूहले प्रअ यादवलाई कठालो समातेर गालीगलौज गर्दै दुव्र्यवहार गरेको घटना निन्दनीय रहेको भन्दै आन्दोलनको चेतावनी दिएको छ । कानूनी राज्यको उपहास गर्दै कानून हातमा लिइ विद्यालय जस्तो पवित्र थलोमा उदण्ड र उछृंखल कार्यमा संलग्न रहेका महासेठ लगायतका व्यक्तिहरुले प्रअ यादवमाथि दुव्र्यवहार गरेको उल्लेख छ । दोषीमाथि कारवाही नगरिए धनुषाका सम्पूर्ण विद्यालयको अध्ययन अध्यापन सम्बन्धी कामकाज बन्द गरी कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत समितिले विज्ञप्ति मार्फत दिएको छ । विद्यालय प्रशासन र प्रअको कामकाज प्रति कसैलाई असन्तुष्टि छ भने सोको निराकरण कानूनी रुपमा गर्ने थुप्रै विकल्प हुंदा हुंदै पनि कानूनलाई हातमा लिनेलाई कारवाही नगरिए दण्डहीनताले प्रश्रय पाउने समितिले ठहर गरेको छ ।

https://www.youtube.com/watch?v=AVZxgdHU1Yg

Comment


Related News

Latest News

Trending News